प्रकाशित मिति : शनिबार, पुस २१, २०७५
मधु पौडेल नेपालगंज बाके ,२०७५÷०९÷२१
उद्योगहरुको स्थापना विकास,स्तर उन्नति र उद्योग प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य राख्दै बाँकेमा चौथो औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव संचालन गर्ने भएको छ । 
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाके शाखाले एक पे्रस विज्ञप्ती जारी गर्र्दै २०७५ फाल्गुन २ गते देखी १३ गते सम्म “उत्पादन श्रम र सृजर्ना मेरै नेपालको ”भन्ने मुल नाराका साथ चौथो औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सव संचालन गर्ने भएको हो ।
संघका अध्यक्ष समर बहादुर खत्री र सचिव मधु कुमारी खड्काद्धारा हस्तक्षरीत विज्ञप्ती अनुसार मेला संचालनको अनुमती जिल्ला प्रशासन कार्यालय बाँकेबाट लिई सक्नुको साथै व्यापार मेला तथा प्रर्यटन महोत्सव नेपालगंज उपमहानगरपालिका कारकादो स्थित सडक विभागको पछाडी रहेको खुल्ला मैदानमा संचालन गरिने जनाइएको छ ।
अध्यक्ष खत्रीका अनुसार नेपाल अधिराज्य भरी उत्पादन भएका सामाग्रीहरु उक्त महोत्सवमा राखेन तथा यसका लागि प्रदेश देखी केन्द्रसम्म समन्वय गरीएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij