प्रकाशित मिति : शनिबार, पुस २१, २०७५
काठमाडौं । काठमाडौं, ललितपुर, स्याङजा, महोत्तरी, सिराहा, खोटाङ र बाराका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ८३ लाख ५७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
काठमाडौं महानगरपालिका २ लाजिम्पाटस्थित रत्नकाजी स्थापितको घर कम्पाउण्डमा रहेको बिद्युतको मिटर बक्समा करेन्ट सर्ट भई शनिबार बिहान आगलागी हुँदा आगलागीबाट मिटरबक्स मुनि पार्किङ गरी राखेको बा ४७ प ६८७२ नम्बरको मोटरसाइकल र बा ९६ प ६०३५ नम्बरको स्कुटर समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
ललितपुर महाङकाल गाउँपालिका(५ चन्दनपुर बजारस्थित खुवा र फर्निचर पसलमा खुवा बनाउने क्रममा शनिबार बिहान आगलागी हुँदा खुवा पसल र फर्निचरका सम्पूर्ण सरसामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी ललितपुर महानगरपालिका(४ बागडोलस्थित भारत कालेपुङ घर भएका विनय गौतमको सोफाडेकर फ्याक्ट्रीमा शनिबार बिहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्याङजा आँधीखोला गाउँपालिका १ बरखोला बस्ने ३८ वर्षीय बाबुराम परियारको भान्छा कोठामा खाना पकाउने क्रममा शुक्रबार राति आगलागी हुँदा भान्सा कोठा पूर्णरूपमा जलेर करिब ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
महोत्तरी भंगाहा नगरपालिका ६ हतिसर्वा बस्ने उमेशप्रसाद यादबको उखुबारीमा शुक्रबार दिउसो आगलागी हुँदा २ बिघा खेतमा लगाएको उखु जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
सिराहा बरियारपट्टी गाउँपालिका(१ नर्गी बस्ने बली यादबको फुसको छानो भएको घरमा करेन्ट सर्ट भई शुक्रबार दिउसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख २४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
खोटाङ खोटेहाङ गाउँपालिका २ वाप्लुखा बस्ने डिकबहादुर थापाको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर र घरमा रहेको किराना पसल तथा सँगै रहेको गोठ समेत पूर्णरूपमा जलेर करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी खोटाङ जन्तेढुङ्गा गाउँपालिका ३ बस्ने डम्बरबहादुर बिकको कच्ची घरमा शुक्रबार बिहान आगालागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यसैगरी खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ फुलबारी टोल बस्ने केशव आचार्यको कच्ची गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
बारा कलैया उपमहानगरपालिका २० बसतपुर बस्ने ६० वर्षीय सुकल यादबको कच्ची घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। साथै आगलागीबाट ना ३ प ९३६६ नम्बरको मोटरसाइकल र १ थान पानी तान्ने मोटर समेत पूर्णरुपमा जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij