मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

औंलाको लम्बाईका आधारमा थाहा पाउनुस् आफ्नो व्यक्तित्व

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • काठमाडौं । वैज्ञानिकहरूले मनुष्यको हातका बारेमा रमाइलो कुरा पत्ता लगाएका छन् । तपाईंको व्यक्तित्व हातमा लुकेका हुन्छन्। अझ सिधै भन्नुपर्दा रहस्य त तपाईंको साहिँली औंलो अर्थात् अनामिकामा छ।

    साहिँली औंलोको लम्बाई तपाईं आफ्नी आमाको गर्भमा रहँदा कति शक्तिशाली हुनुहुन्थ्यो भन्ने कुराले निर्धारण गर्छ । टेस्टोस्टेरोन शक्तिले तपाईंको व्यक्तित्वमा ठूलो प्रभाव पार्छ।
    हात तीनथरी हुन्छन् : ए, बी र सी
    ए टाइपको हातमा साहिली औंला चोरी औंलाभन्दा ठूलो हुन्छ । सामान्यतया लामो चोरी औंला हुने मानिस सुन्दर हुन्छन्। उनीहरूको सुमधुर व्यक्तित्व हुन्छ र उनीहरूलाई मानिसले मन पराउँछन् । तर उनीहरू अलि आक्रामक हुन्छन् र जोखिम मोल्ने खालका हुन्छन् । उनीहरू आफ्ना सहकर्मीको तुलनामा धेरै पैसा कमाउँछन्।

    बी टाइप हात भएकाहरूको साहिँली औंलो चोरी औंलोभन्दा छोटो हुन्छ । यस्ता मान्छे आत्मकेन्द्री खालका हुन्छन्। एक्लै बस्न मन पराउने अनि कसैले कोट्याउँदा चिढिने खालका हुन्छन्। प्रेमको सवालमा उनीहरू प्रायः पहिलो कदम चाल्दैनन् । अनि उनीहरूको ज्ञानेन्द्रिय अरूको भन्दा तीखो हुन्छ।

    सी टाइप हात भएकाहरूको साहिँली औंलो र चोरी औंलो बराबर हुन्छ। यस्ता मान्छेहरू शान्त हुन्छन्। उनीहरू राम्रो मध्यस्थकर्ता हुन्छन् । आफ्नो पार्टनरलाई उनीहरू अत्यन्त प्रेम गर्छन्। उनीहरू अरूभन्दा भावनात्मक रूपमा बढी स्थिर हुन्छन् र हत्तपत्त प्रतिक्रिया जनाउँदैनन्।

    तपाईं पनि आफ्ना साथीभाइको औंला हेरेर व्यक्तित्वका बारेमा थाहा पाउन सक्नुुहन्छ। एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij