मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मिस म्याग्दीको उपाधि छन्त्याललाई

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • म्याग्दी, २२ पुष (रासस) । किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको उपाधि बेनीको क्याम्पसचोककी हेना खड्का छन्त्यालले जितेकी छिन् ।

    बेनीमा शनिबार भएको फाइनलमा ३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन् । कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन् । विजेता छन्त्यालले रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन् ।

    फस्ट रनरअफ सोनियालाई म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजक किङ्ग क्रियशनका सुमन खड्काले बताउनुभयो । ३२ प्रतिस्पर्धीहरु मध्य तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए ।

    उपाधि विजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन् । मिस्टर एण्ड मिस म्याग्दीको ताज पहिरिएपछि छन्त्यालले नसोचेको सफलता पाएको र सपनाजस्तो लागेको बताइन् । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउन योगदान गर्ने बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij