मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कपालमा तेल लगाउँदा पाउनुहुनेछ यतिधेरै फाइदा

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • एजेन्सी । समय परिवर्तन भएसँगै सौन्दर्यमा निखरता ल्याउने उपाय पनि परिवर्तन भएका छन्।

    पुरानो पुस्ताले कपालमा तेल लगाउँदा कपाल बलियो र कालो हुने बताउँदै आएका छन्। तर अहिलेको नयाँ पुस्तामा कपाललाई नरम र सुन्दर बनाउनका लागि विभिन्न केमिकलको प्रयोग गर्ने गरिन्छ। यसले कपालको सुन्दरता बढ्नु भन्दा झनै बिग्रिने सम्भावना हुने गर्दछ।

    आजभोलि यस्तै केमिकलको प्रयोग गर्ने हुँदा कपालमा तेल लगाउन समेत धेरैले छोडिसके। तर तेलका फाइदा केमिकलको प्रयोग भन्दा निकै राम्रो हुने गर्दछ। यसले कपाललाई हानी पनि पुर्याउने डर हुँदैन। कपालमा चिपचिपाहट लाग्ने डरले तेल लगाउ छोड्नु भएको छ भने तपाईले गल्ती गर्दै हुनुहुन्छ। यसो गर्दा कपालमा नोक्सान पुग्ने गर्दछ। आज हामी तपाईलाई कपालमा तेल लगाउदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ।

    १) कपालमा तेल लगाउँदा तपाईको कपाल लामो र मजबुत हुने गर्दछ। तेलले कपाललाई प्राकृतिक हेरचाह गर्नमा सहयोग पुर्याउँदछ। कपाललाई पनि पोषण तत्व आवश्यक पर्ने गर्दछ। तेलबाट कपाईलाई भरपुर पोषण तत्व प्राप्त हुने गर्दछ। साथै तेलले कपालमा मोसराइज बनाइराख्ने भएकाले रुखोपनाको समस्या हटेर जान्छ। कपाललाई नुहाउनु भन्दा पहिले वा धुनुपछि कपालमा तेल लगाउनु कपालको स्वास्थ्यका लागि निकै लाभदायिक हुने गर्दछ।

    २) कपालमा तेलले मसाज गर्दा रक्त सञ्चार ठिक हुने गर्दछ। मसाजले ब्लड सर्कुलेशन राम्रो हुने गर्दछ। चिकित्सकका अनुसार प्रेशर भएको ठाउँमा मसाज गर्दा तनाव पनि कम हुने गर्दछ। हप्तामा करिब ३ दिन कपाललाई मसाज अवश्य गर्नुहोस्। यसले कपालमा बन्द भएको छिद्र खुल्नुका साथै ब्लड सर्कुलेशन राम्रो हुने गर्दछ।

    ३) कपालमा राम्रोसँग मालिस गर्दा तपाईको कपाल झर्ने समस्या हट्ने गर्दछ। तेल लगाउँदा कपाल तिब्र रुपमा बढ्ने तथा उचित पोषण तत्व प्राप्त हुने भएकाले कपाल झर्ने समस्या हट्ने गर्दछ।

    ४) टाउँको त्वचा रुखो हुँदा चायाँ आउने गर्दछ। त्यसैले टाउँकोमा राम्रोसँग तेल लगाएर मानिस गर्यो भने तपाईको चायाँको समस्या हटेर जाने गर्दछ। तेल नलाउने तर साबुन र स्याम्पुको प्रयोग गर्ने हुँदा कपालमा चायाँको समस्या हुने गर्दछ। त्यसैले चायाँको समस्याबाट छुटकारा पाउनका लागि कपालमा तेल लगाएर मालिस गर्नुहोस्।

    ५) टाउँकोमा तेल लगाएर मालिस गर्दा तपाईको टाउँको दुख्ने समस्या कम हुने गर्दछ। कपालको त्वचामा रक्त प्रवाहमा गडबडीका कारण टाउँको दुख्ने समस्या हुने गर्दछ। यस्तो बेलामा टाउँकोमा तेलले मालिस गर्दा ब्लड सर्कुलेशन हुन्छ र टाउँको दुख्ने समस्या हटेर जान्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij