प्रकाशित मिति : आइतवार, पुस २२, २०७५
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिका लागि साताको सुरुवातमै महत्वपूर्ण फाईदा हुने देखिन्छ । साताको मध्यमा धन लाभ हुने सम्भावना छ भने प्रेममा सफलता मिल्ने देखिन्छ। साताको अन्त्यमा भने स्वास्थ्यमा गडबड हुने देखिन्छ । ध्यान दिनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशि हुनेहरुका लागि यो साता निकै राम्रो रहेको छ। देश विदेशको यात्रा सफल देखिन्छ । साथिभाईसँगको सम्बन्धमा गाढापन आउनेछ भने मिष्ठान्न भोजनको योग रहेको छ। बोलीको प्रशंसा हुनेछ भने शुक्रबार केही अप्रिय घटना सुन्नु पर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अहिलेसम्म विवादित बनेका कामहरु पुरा हुनेछन्। आपसी सम्बन्धमा भने वादविवादको योग रहेको छ। पठनपाठनमा प्रगती देखिन्छ भने बुधबार र बिहीबार शुभ समाचार सुन्न पाईएला। बोलीको कदर हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिका लागि यो साता मध्यम खालको रहेको साताको सुरुवातका दिनमा आकस्मिक धन लाभ हुने देखिन्छ। आँखामा समस्या हुने देखिन्छ भने साताको अन्त्यमा यात्रा हुने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको सुरुवातमा रोजगारमा पदोन्नती हुने देखिन्छ । प्रेममा प्रगति हुने देखिन्छ भने धन लाभ, स्वास्थ्यमा प्रगती हुने देखिन्छ। मिष्ठान्न भोजन खाने अवसर मिल्ने छ भने साताको अन्तमा परिवारजनमा मन मुटाव हुने देखिन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रियजनको सहयोगमा वैदेशिक यात्राको सम्भावना छ । तपाईंको पराक्रमको प्रशंसा हुनुका साथै कामको समेत मूल्यांकन हुनेछ । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुनसक्छ । साताको अन्त्यमा बहुमूल्य उपहार प्राप्त हुने सम्भावना छ । सुनौलो रंग प्रेरणादायी सावित हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, तेम
प्रियजनको सहयोगमा वैदेशिक यात्राको सम्भावना छ । तपाईंको पराक्रमको प्रशंसा हुनुका साथै कामको समेत मूल्यांकन हुनेछ । प्रेमी–प्रेमिकाबीच विवाद उत्पन्न हुनसक्छ । साताको अन्त्यमा बहुमूल्य उपहार प्राप्त हुने सम्भावना छ । सुनौलो रंग प्रेरणादायी सावित हुनेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धामा सफलता हात पर्नेछ । आवेशमा गरिएका कार्य परिणाममुखी नहुन सक्छन् । पहेंलो रंगको प्रयोग शुभ छ । पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
गुणस्तरीय व्यवसाय सुरु गर्न साझेदारबीच मत मिल्नेछ । सहयोगीहरूले नै षड्यन्त्र गर्न सक्छन्, सचेतता अपनाउनुहोला । युवायुवतीमाझ नयाँ परिचय स्थापित गर्न सकिनेछ । मनोरञ्जन तथा भोजभतेरमा सहभागी हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्त तथा अभिभावकको सुझावले तपाईंलाई व्यवहारिक बन्न प्रेरणा दिनेछ । सभा–सम्मेलन तथा तालिममा सहभागी हुन पाइनेछ । आफ्नो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा फाइदै होला । कसैप्रति छिटो विश्वास गर्ने बानीले पछि परिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्य सम्पन्न गर्दा विवेक पुर्याए झमेलाहरू स्वतस् निर्मूल हुनेछन् । प्रतिष्ठा एवं पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात् गरे नयाँ उचाइमा पुगिनेछ । मन पराउनेहरूसँग कम बोल्नु नै उपयुक्त हुन्छ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकर्षक पहिरनबाट अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका काममा पुनस् प्रयत्न गर्दा सफलता प्राप्त होला । पाहुनासँग रमाउँदै विशेष परिकारको आनन्द लिन पाइनेछ । लगानीले गतिलो आम्दानी हात लगाउनेछ । साताको अन्त्यमा सार्वजनिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij