प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
मौसम परिवर्तनको प्रभाव सबैभन्दा पहिले छालामा देखिन्छ। त्यसैले मौसमअनुसार छालाको हेरचाह आवश्यक हुन्छ। जाडोमा छाला सुख्खा हुने, फुट्ने तथा फुस्रो देखिने जस्ता समस्या देखिने गर्दछन्। जसले गर्दा हाम्रो सुन्दरतामा त्यसले नराम्रो असर गर्दछ। आज हामी तपाईलाई जाडोमा छालाको हेरचाह कसरी गर्ने भन्ने बारे जानकारी दिदैछौँ।
जाडोमा बिहान बेलुकी मोस्चराइजर क्रिमको प्रयोग गर्नु निकै उत्तम मानिन्छ। यसले छालालाई सुख्खा हुन दिदैन्।
जाडोमा छाला सुख्खा हुन नदिन पानी, फ्रुट तथा भेजिटेबल जुसका साथ अलिभ ओयल सेवन गर्नु फाइदाजनक हुन्छ।
अनुहारमा तातो पानीको बाफ लिने गरौं। यसले बन्द भएको रोमछिद्र खुल्छ।
हातले हल्का मसाज गरौं। यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ।
साबुनले अनुहार धुने नगरौं। संभव भएसम्म नन ड्राई क्लिन्जर फेसवास प्रयोग गरौं।
मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ। यद्यपी आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनौट गरौं।
बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ। धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गरौं।
छालालाई स्वस्थ्य राख्ने भन्दा हामी छालाको वाहिरी स्यहारमा मात्र ध्यान दिन्छौ। यद्यपी यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ। त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ। स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ।
मौसमी फलफूल सेवन गरौं, जसले जाडोमा छालाको सौन्दर्य कायम राख्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij