मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राउटे बस्तीमा ‘सहभोज’

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • दुल्लु, पुस २२ । राउटे समुदायको सामाजिकीकरण अभियानअन्तर्गत राउटे बस्तीमा सहभोज गरिएको छ ।

    सुर्खेतको लेकबेसी नगरपालिका– १ लेकफर्सा रातेखोलास्थित राउटे बस्तीमा सहभोज गरिएको हो । प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विभिन्न जङ्गलमा बस्दै आएको राउटे समुदायको सामाजिकीकरण अभियानका क्रममा सहभोज गरिएको हो ।

    सो सहभोजको आयोजना कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको हो । सहभोजमा राउटेसँगै अन्य समुदायका बासिन्दा सहभागी थिए । राउटको सीप र संस्कृति संरक्षणसहितको सामाजिकीकरण गर्न प्रदेश सरकारले अभियान थालेको मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिइन् । ‘राउटे बस्तीमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छौँ,’ उनले भनिन् ।

    चिसो बढेपछि राउटे बालबालिका र वृद्धवृद्धामा विभिन्न समस्या देखिएको स्वास्थ्य परीक्षणमा संलग्न कर्णाली प्रदेश अस्पतालका मेडिकल अधिकृत डा लोकेन्द्र थापाले बताए ।

    बस्तीमा हरेक साता विशेषज्ञ चिकित्सकले राउटेको स्वास्थ्य परीक्षण गर्ने उनले जानकारी दिए ।

    मन्त्रालयले राउटे बस्तीमा तीन सोलारसमेत जडान गरेको छ । उनीहरुलाई न्यानो लुगा पनि वितरण गरिएको छ ।

    यसैबीच दैलेखको गुराँस गाउँपालिकाले राउटे बस्तीमा पुगेर पुस महिनाको भत्ता वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीका अनुसार समुदायका एक सय ४५ जनालाई रु दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । राउटेलाई सामाजिक मूल प्रवाहीकरणमा ल्याउन अभियान थालिएको मन्त्रालयका सचिव डा मानबहादुर विकले बताए ।

    उक्त अभियान बेसी नगरपालिका, गुराँस गाउँपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख र लोपोन्मुख राउटे सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको समन्वय र सहकार्यमा गरिएको हो । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij