मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

काठमाडौंमा हिउँदे वर्षा, फूल्चोकी र दामनमा हिउँ पर्न सक्ने

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएको छ।

    पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।

    ‘पश्चिमी भागमा हिजोदेखि नै वर्षा भएको थियो, आज राजधानीसहित पूर्वी भागमा वर्षा हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ। काठमाडौं आसपासका फूल्चोकी र दामनमा पनि हिउँ पर्ने सम्भावना छ।’

    कँडेलका अनुसार सोमबार साँझसम्मै राजधानीलगायत पूर्वी नेपालको आकाशमा बादल हुनेछ।

    ‘भारी वर्षाको सम्भावना छैन, साँझपखपछि बादल हट्नेछ,’ उनले भनिन्, ‘मंगलबार पनि केही पहाडी भू-भागमा बादल लाग्नेछ तर तराईतिर भने मौसम सफा रहनेछ।’

    हिउँदे वर्षासँग भोलिदेखि बिहान र साँझपख जाडो बढ्ने उनले बताइन्। बादल लागेकाले सोमबार भने राजधानी न्यूनतम तापक्रम आइतबारभन्दा पाँच डिग्री बढेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij