प्रकाशित मिति : सोमवार, पुस २३, २०७५
शिवम् सिमेन्टले १ सय २० जानालाई हेलिकप्टरबाट गोसाइकुण्ड दर्शन गराएर ल्याउने भएको छ।
कम्पनीले संचालन गरेको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’उपभोक्ता योजना अन्तर्गत ६० जना भग्यशाली उपझोक्ताको नाम लक्कि ड्र मार्फत छनौट गरेको हो।
कुपन पाएका प्रत्यकले आफ्नो साथमा थप १ जाना लैजान पाउने छन्। कम्पनीले यही ५ गतेबाट यो योजना लागू गरेको थियो। जसमा प्रत्येक १० बोरा सिमेन्ट खरिद गर्नेले एउटा कुपन पाएका थिए।
उक्त कुपनमा स्त्र्याच गरी हातखाली नजाने १ सय देखि १ हजारसम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो।
त्यस्तै सोहि कुपनको अर्धकट्टिमा नाम, नम्बर र ठेगाना राखि काठमाडौं – गोसाइकुण्ड – काठमाडौं यात्राको लागि लक्कि ड्रमा समावेस गरिएको थियो।
लक्कि ड्र मा रहेको ३१ हजार २ सय २५ अर्धकट्टि मध्ये ६० वटा अर्धकट्टि पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरुलाई तान्न लगाइएको हो।
यस योजना अन्तरगर्त ‘सियोर सट्’ पुरस्कारमा करोडौंको नगद उपहार र सयौ तोला सुनको साथै लक्की ड्रमा प्रत्येक भाग्यशाली विजेताको कुपन मार्फत २ जाना गरी ३ सय ६२ जनाको लागि हेलिकप्टरबाट यात्रा जित्ने मौका बाकीँ रहेको कम्पनीले जनाएको छ। लक्कि ड्र को शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij