मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

राजधानीमा हल्का वर्षा

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • काठमाडौं, पुस २३ । काठमाडौं उपत्यकामा सोमबार बिहानैबाट मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंका केही स्थानमा सामान्य वर्षासमेत भएको छ ।

    काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा बिहानैबाट वर्षा हुने र दिनभर नै मौसममा बदली हुने महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुका साथै केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।

    राति देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली रहने जनाइएको छ । मध्य र पुर्वी भुभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij