मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक्लोपनबाट स्वास्थ्यमा पर्ने गम्भिर खतरा र जोगिने उपाय

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • एजेन्सी– मानिस एक समाजिक प्राणी हो जसलाई बाँचनका लागि सुरक्षा र सामाजिक वातावरणको आवश्यकता पर्छ । तापनी प्राय सबै एक्लै बस्ने क्षमता राख्छौ । निराश वा चोट पर्दा बाँकी संसारबाट एक्लै बस्नु एक्लोपनको मुख्य विशेषता हो । अहिले संसारका लाखौ मानिस एक्लोपनको शिकार भएका छन् । जसका कारण उनीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । जीवनमा प्राय

    मानिसले घरी घरी एक्लोपनको महशुस गर्नुपर्ने भए पनि निरन्तर एक्लै बस्नु भने स्वास्थ्यका लागि गम्भीर खतरा हो ।
    स्वास्थ्यमा एक्लोपनको असर
    डिप्रेसन र आत्महत्याः एक्लोपनका कारण डिप्रेसनको समस्या बढ्छ जसका कारण मानिसले आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ । समाजबाटै एक्लै हुँदा बिस्तारै यसले मानसिक समस्या बढाउँछ । जब हामी सामाजिक सम्बन्धबाट टाढिन पुग्छै हामी मानसिक र

    शारिरिक रोगबाट पीडित बन्छौ । एक्लोपन वा सामाजिक बहिष्करणलाई सम्बोधन नगरिए यसले चरम निराशा उत्पन्न गर्छ ।
    मुटुजन्य रोग र स्ट्रोकः एउटा नयाँ अध्ययन अनुसार एक्लोपन र मुटुसँग सम्बन्धित रोगबीच घनिष्ट सम्बन्ध रहने गर्छ ।

    एक्लोपनले मुटुका धमनीलाई कठोर बनाउछ जसका कारण उच्च रक्तचाप, ह्दयघात, स्ट्रोक लगायत मुतुजन्य अन्य समस्या उत्पन्न हुन्छ । एक्लोपन हुँदा स्ट्रेस हर्मननले मुटुमा कोलेस्ट्रोल बढाउछ ।

    सुताइ असन्तुलनः एक्लोपन र सुताईको असन्तुलनबीच गहिरो सम्बन्ध रहेको हुन्छ । एक्लोपनको थोरै मिनेटको अन्तरले पनि निन्द्रामा अशर गर्छ । अध्ययन अनुसार सामाजिक रुपमा एक्लो भएका मानिसहरुले निन्द्रा कम पर्ने गुनासो गर्ने गरेका छन् ।

    निन्द्रामा हुने असन्तुलने मानिसको दैनिक जीवनमा पनि गम्भीर असर गर्नेगर्छ ।
    रोग प्रतिरोध प्रणाली कमजोरः सामाजिक र मनोवैज्ञानिक चलायमानले रोग प्रतिरोध क्षमतामा असर गर्छ । एक्लोपनले मानिसको

    प्रतिरोध प्रणालीलाई निकै कम्जोर पार्ने विभिन्न अध्ययनले देखाएका छन् । उदाहरणको लागि एक्लोपनले नेचुरल किलर (एनके) कोषको गतिविधिलाई न्यून गर्छ र उच्च तहमा इबीभी एन्टीबोडिजालई बढाउँछ ।

    मानसिक स्वास्थ्य अवस्थाः डिप्रेसनको अतिरिक्त एक्लोपनले चिन्ता र पेनिक अट्याक गराउँछ । एक्लोपनले प्रौढहरुमा बौद्धिक पतन गराइदिने विभिन्न अध्ययनले पुष्टि गरेका छन् । यसले बुढेसकालमा विर्सने रोग निम्त्याउछ ।

    उपचार र एक्लोपनबाट बच्ने उपाय
    एक्लोपनबाट बच्न विभिन्न तरिकाहरु अप्नाइएको पाइन्छ । केही बुदा यस प्रकार छन् ।
    एक्लोपनको पहिचान र बुझ्ने प्रयास गर्नुहोस्

    के कारणले एक्लोपन बढिरहेको छ त्यसको पहिचान गर्ने प्रयास गर्नुहोस् । त्यस्तै एक्लोपनले तपाईंको जीवनमा पार्ने प्रभावको बारेमा पनि बुझ्ने कोशिश गर्नुहोस् । एक्लोपनकै कारण तपार्इंमा विभिन्न मानसिक एवं शारिरक समस्या निम्तिएका छैनन् ? एकपटक मनन गर्ने हो कि ?
    साथीभाई र परिवारसँग सम्बन्ध बढाउनुहोस् । पुनः सम्बन्ध जोडनुहोस्

    तपाईंको धारणा, रुची र मुल्य र मान्यतासँग मिल्ने मानिसहरुसँगको सम्बन्धको गुणस्तरलाई ध्यान दिनुहोस् । आफूले मन परेको मानिसँग सम्पर्कमा रहँदा एक्लोपनबाट जोगाउँछ ।
    बाहिरतिर जानुहोस्ः सामाजिक कार्य, व्यायम, साथीहरुसँगको भेटघाट, सपिङ अथवा सामान्य रुपमा सार्वजनिक स्थलमा घुम्न जाँदा पनि यसले आनन्द प्रदान गर्छ ।

    स्वंयम्सेवीः सहयोगको बेला अरुलाई सेभ गर्दा पनि तपाईको बाहिरी मानिसहरुसँगको सम्पर्क बढ्छ ।
    पाल्तु जनावरको सहयोगः एक्लो अनुभूति गर्दा पाल्तु जनाबारसँगको सामिप्यता बढाएर पनि आनन्द लिन सकिन्छ । आफूलाई सहयोग नपाएका वा एक्लै बस्ने मानिसले जनावरको सहयोग लिने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij