मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तपाईंको राशि के हो, ज्योतिषशास्त्र भन्छ यी चार राशि भएका…

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • ज्योतिष शास्त्रमा व्यक्तिका विभिन्न कालखण्डको अवस्था, धन, लाभ, हानी अदीबारे व्याख्या गरिएको पाइन्छ । मानिसको ग्रह दशा र भाग भोग उसको जन्ममिति, स्थान र समयका आधारमा तयार हुने ज्योतिषशास्त्रमा बताइएको छ ।

    ज्योतिष शास्त्रले व्यक्तिको उत्तम समय, खराव समय त्यसबाट बच्न प्रयोग गर्ने विधि र तरिका बारेपनि व्याख्या गरेको हुन्छ ।ज्योतिषमा राशि अनुसार मानिसले धन सम्पत्ति आदी कमाउन योग्य हुन्छ । ज्योतिष अनुसार कुनै राशीका मानिसलाई धन बढी मात्रामा फाप्छ भने कुनै राशी भएकालाई विद्या आदी ।यी चार राशि भएका मासिन मिहेनतमा विश्वास राख्छन् । त्यस्तै उनीहरुलाई धन आर्जन कसरी हुन्छ भन्ने पनि जानकारी हुन्छ ।

    वृष राशि
    यस सूचीमा सवैभन्दा पहिलो नाम छ वृष राशिको भएका मानिसको । जो शुक्र ग्रहको प्रभावमा हुन्छन् । शुक्र ग्रह धन, विलासिता तथा रोमान्सको सूचक हो । तसर्थ जसको वृष राशि रहेको छ उनीहरु विलासी तथा धनवान हुने छन् भने धन कमाउने अवसरको खोजी गर्ने खालका हुने गरेका छन् ।

    दोस्रो छ वृश्चिक राशि
    दोस्रोमा वृश्चिक राशि रहेको छ । यो राशि हुनेहरु भौतिक वस्तुसँग बढी प्रेम गर्ने खालका हुन्छन् । गाडी, ठूलो घर, धेरै फैलिएको सम्पत्ति । यी सवै चिजले यो राशि भएकालाई आकर्षित गर्छ । आकर्षित मात्र गर्ने होइन कि यस्ता चिज पाउनका लागि यि राशि भएका मानिसहरु लागि पर्छन् र हासिल गरिछाड्छन् ।

    कर्कट राशि
    तेस्रो राशि कर्कट हो जो अवसरको तलासमा रहने गर्छन् । यी भावुक हुन्छन् र आफ्नो परिवारसँग नजिकको सम्बन्ध बनाउँछन् । यि राशिभएका हरुको उदेश्य आफ्नो परिवारका सदस्यलाई हरसमय खुसीमा राख्नु हुनेछ । यस मानसिकता र स्वभावका कारण यिनिहरु हरेक क्षण मिहेनत गर्छन् । यी राशि भएकाहरु मिहेनति हुन्छन् र त्यसको फल राम्रो नै निस्कन्छ । जसका कारण यी धनवान हुन्छन् ।

    सिंह राशि भएकाहरु भीडमा आफ्ना पहिचान बनाउनका लागि लागि पर्छन् । उनीहरु आफ्नो पहिचान अरुको भन्दा फरक बनाउँन खोज्छन् । उनीहरुको उदेश्य अरुले याद गरुन् भन्ने खालको हुन्छन् । यी राशि भएका मानिसहरु महंगो खालको मोबाइल बोक्ने खालका गाडी मा घुम्ने खालका हुन्छन् जसका कारण अरु मानिसले उनीहरुलाई नोटिश गरुन् । जसका लागि धनको आवश्यकता त पर्छनै । यो राशि भएकाहरु पनि आर्थिक रुपमा सवल हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij