मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • काठमाडौं । मोटोपनले शरीरलाई भद्दा मात्र देखाउँदैन, स्वास्थ्यलाई पनि उत्तिकै असर पु¥याउँछ । त्यसैले पनि धेरै मानिस तौल घटाउन प्रयासरत हुन्छन्। तर, चुड्कीका भरमा तौल घटाउँछु भनेर सोच्नुचाहिँ गलत हुन्छ । यसको पनि आफ्नै विधि र प्रक्रिया हुन्छ।

    तौल घटाउने नाममा गलत क्रियाकलाप गर्दा उल्टै शरीरलाई हानि पुग्छ । त्यसैले डाक्टरको परामर्शअनुसार तौल घटाउँदा राम्रो हुन्छ । तौल घटाउन चाहने मानिसले यसो गर्दा राम्रो हुन्छ :

    कहिल्यै पनि भोको बसेर तौल घटाउने प्रयास गर्नुहुँदैन । र, हप्तामै एक किलोग्रामभन्दा बढी तौल घटाउँछु भनेर पनि सोच्नु हुँदैन।

    उसिनेको खानेकुरा मात्र खानुपर्छ भन्ने धारणा पनि दिमागबाट हटाउँदा हुन्छ।
    स्वादका लागि केही मरमसला प्रयोग गर्न सकिन्छ । तर, अधिक मसलेदार खाद्यान्नचाहिँ हानिकारक हुन्छ । सकेसम्म खानामा नुनको मात्रा कम गर्दा राम्रो हुन्छ ।
    लन्च र डिनरको सुरुवात सुपबाट गर्दा राम्रो हुन्छ । सुपले पेट भराउँछ र कम खाए पनि पुग्छ।

    दैनिक ३–४ पल्टभन्दा बढी खानु राम्रो मानिदैन । प्रत्येक दिन खानाको मात्रा मेन्टेन गर्नुपर्ने हुन्छ । एकैपटकमा बढी खानु पनि स्वास्थ्यका दृष्टिले घातक मानिन्छ ।

    अधिक भोक लागेमा कम क्यालोरीयुक्त खाद्यपदार्थ जस्तै– गाँजर, काँक्रा, कागतीको सर्बत आदिको प्रयोग गर्दा राम्रो हुन्छ ।
    साँझको ७ बजेभित्रै डिनर गर्दा राम्रो हुन्छ । कहिल्यै पनि खानेबित्तिकै सुत्ने
    बानी गर्नुहुँदैन ।

    तौल घटाउन खानाको मात्र भूमिका हुँदैन । यसका लागि नियमित व्यायाम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले सबेरै हिँड्ने, नियमित हल्का व्यायाम गर्ने बानी बसाल्नुपर्छ। व्यायाम सकेपछि नियमित नुहाउने गर्दा राम्रो हुन्छ । यसो गर्दा शरीर स्वस्थ र फुर्तिलो हुन्छ । विभिन्न प्रकारका योगासन र प्राणायामले पनि तौल घटाउन सहयोग पु¥याउँछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij