मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अपांगता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • शिबराज पन्थी, २३ पुष,गढवा । गढवा गाउँपालिकाका आठवटै वडाहरुमा अपांगता भएका ब्यक्तिहरुको पहिचान गरि उनिहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा र अधिकारको प्रत्याभुति दिलाउने लक्ष्य अनुरुप गणकहरु परिचालन गरिने भएको छ । गढवा गाउँपालिकाको पहल तथा सहयोगमा राप्ती बहिरा संघले सोमबार गढवामा आयोजना गरेको जनप्रतिनिधी र गणकहरुलाई अपांगता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रममा यस्तो बताइएको हो ।

    राप्ती बहिरा संघका अध्यक्ष अजय कुमार शर्माको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नं. ५ का अध्यक्ष केपि घिमिरे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, वडा नं. ६ का वडा अध्यक्ष वालचन्द्र ठकुरी हमाल, वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी र वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्दिकी र राष्ट्रिय अपांग महासंघ प्रदेश नं. ५ का अध्यक्ष देविदत्त आचार्य लगायतले बोल्नु भएको थियो ।

    अपांगता भएका ब्यक्तिहरुको मानव अधिकारको सुनिश्चितताका लागि अधिकार शंसोधन र एकिकरण गर्न बनेको बिधेयक २०७४ बमोजिम सरकारले कार्यक्रम अगाडी बढाएको कार्यक्रममा जानकारी गराइएको थियो । जस अनुसार गाउँ तथा नगरका उपाध्यक्षको संयोजकत्वमा अपांगताको अधिकार कार्यान्वयन गर्न गराउन स्थानिय सरकारहरुले समन्वय समिति गठन गर्ने र पुराना परिचय पत्र खारेज गरि नयाँ परिचय पत्र पदान गर्ने ब्यवस्था भएको बताइएको छ ।

    जसमा कार्यपालिकाबाट एकजना महिला, माध्यमिक विद्यालयहरुबाट एकजना प्रअ वा प्रतिनिधी, सम्वन्धीत स्थानीय सरकारको स्वास्थ्य चौकी वा स्वास्थ्य हेर्ने अधिकारी,स्थानीय प्रहरी प्रमुख, अपांगताको क्षेत्रमा कामगर्ने संस्था, स्थानीय तहको महिला वालवालीका शाखा हेर्ने कर्मचारी र अपांगता भएका ब्यक्तिहरुको संगठनबाट एक महिला सहित २ जना गरी ११ जनाको स्थानीय समन्वय समिति गठन गर्नुपर्ने प्रावधान रहेको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुको तथ्यांक संकलनका लागि गढवाका आठवटै वडाहरुमा एक एक जना गणकहरु परिचालन गर्न गणकहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

    राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्माको स्वागत मन्तब्य र बिषय प्रबेशबाट सुरु भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक देवा डाँगीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij