मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ब्यापारिहरुद्धारा असहमति पत्र

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • शिबराज पन्थी, २३ पुष,गढवा । गढवा गाउँपालिका वडा नं. ६ को कार्यालय बाहिर विगत ३० बर्ष अगाडीदेखि ब्यापार ब्यवसाय संचालन गर्दै आएका ११ जना ब्यापारिहरुले सोमवार गढवा गाउँपालिकामा ब्यापारिक सटरहरु टेण्डर हुन थालेको भन्दै असहमति पत्र बुझाएका छन् ।

    साबिक गाविस रहदा ३० बर्ष अगाडी देखि आफुहरुले गाउँपालिकाका ब्यापारिक सटरहरुमा ब्यापार ब्यवसाय संचालन गर्दै आएकोमा मिति २०७५ पौष २२ गते बसेको कार्यपालिकाको बैठकले आफूहरुलाई बिस्थापित गर्ने अभिप्रायका साथ सटरहरुको दररेट तोकी टेण्डर प्रकृयामा लैजान थालेको उनिहरुको आरोप रहेको छ ।

    एघारजना ब्यवसायिहरुको हस्ताक्षर रहेको सो असहमति पत्रमा भनिएको छ हामीलाई उपस्थित गराएर छलफल नगराई एकाएक टेण्डरमा लगिएको हुदा तोकिएको भाडादर तिरेर हामीले नै पाउनु पर्छ, रोहवरमा राखेर छलफल गराइ उचित निर्णय लिइयोस भन्ने आव्हान गरिएको छ । एता यसै बिषयलाई लिएर भोलि बिहान गढवा उद्योग बाणिज्य संघले बृहत बैठक बोलाएको संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिनु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij