मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कसरत गर्दा सौन्दर्य बिगार्ने ६ गल्ती

  • प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३



  • फिटनेस सेन्टर गएर तथा घरमै या मर्निङवाक गरेर शारीरिक कसरत गर्ने बानी धेरैमा बढ्दै गएको पाइन्छ । सहरी क्षेत्रका युवा पुस्ता स्वास्थ्यका लागि शारीरिक कसरतमा अगाडि नै देखिएका छन् । शरीरलाई अधिक भार नपर्ने, तर पसिना छुट्ने गरी गरिएको नियमित कसरतले निकै फाइदा गर्ने चिकित्सकहरूले बारम्बार भन्ने गरेका छन् । तर, कसरतलाई स्वास्थ्यसँगै सौन्दर्यको पाटोमा जोडेर हेर्न पनि जरुरी हुने ब्युटिसियनहरू बताउँछन् । कसरतका वेला गरिने केही सामान्य गल्तीले अनुहारको छाला र कपालमा असर पुग्नसक्ने भन्दै ब्युटिसियन सुष्मा महराले सजग गराएकी छिन् । कसरतका वेला अनुहार र कपालमा असर पर्नसक्ने ६ गल्ती यस्ता छन्ः

     गल्ती १

    कसरत गर्ने समयमा फाउन्डेसन या कुनै पनि प्रकारको मेकअप गर्नु पूर्णतः गलत हुन्छ । फाउन्डेसन गरेर कसरत गर्दा छालाबाट निस्किने प्राकृतिक तेल र पसिना रोकिन पुग्छ । छालाभित्रबाट तेल र पसिनासँगै निस्किने टक्सिन आउन बन्द हुन्छ । यसले छालामा इन्फेक्सन गराउन तथा डन्डिफोर निम्त्याउन प्रमुख भूमिका खेल्छ । त्यसैले कसरत गर्नुअघि फाउन्डेसन प्रयोग नगर्नुहोस् । आवश्यक नै परे मस्चराइजर या आयल फ्री जेल लगाउन सकिन्छ । तर, आयली स्किनमा भने मस्चराइजर पनि गर्नु हुँदैन ।

    गल्ती २

    कसरतका वेला बढी नै मुख बिगार्नु तथा हाँस्नु पनि गल्ती हुन्छ । यसो गर्दा अनुहारको छालामा चाउरी पर्ने खतरा बढी हुन्छ । बोलेर तथा हा“स्दै कसरत गर्नेको अनुहारमा चाँडो चाउरी देखिन्छ । कसरतका वेला प्रेसर र पसिनाका कारण शरीरको छाला नरम भइरहेको हुन्छ । यस्तो वेला छाला तन्किने दर बढी हुन्छ । त्यसैले केही दबाब पर्नेबित्तिकै छाला अस्थिर हुनसक्छ ।

    गल्ती ३

    कसरतका वेला पसिना रोक्न तथा गन्ध कम होस् भन्नका लागि कतिपयले डियोडरेन्ट (गन्धनाशक साधन) प्रयोग गरेको पाइन्छ । यो गर्नु सरासर गलत हो । यसले छालाको छिद्र बन्द गराउन सक्छ । कसरतका वेला शरीरभित्रको विषाक्त पदार्थ बाहिर निस्किन पाउ“दैन ।

    गल्ती ४

    कसरतका वेला कपाल गुजुल्टो पार्नु पनि अर्को गल्ती हुन्छ । अहिलेको समयमा अधिकांशले स्ट्रेट तथा कर्ल गर्ने भएकाले कपालमा केमिकल हुन्छ । त्यसैले कपाल बटार्दा टुक्रिने डर हुन्छ । गुजुल्टो पारेर कसरत गर्दा पसिनाले बाफिएर कपाल झर्ने सम्भावना बढी हुन्छ । हल्कासँग पोनिटेल बनाएर तथा क्लिप मात्रै गरेर कसरत गर्नु कपालका लागि लाभदायी हुन्छ ।

    गल्ती ५

    कपाल गुजुल्टो पार्नु मात्रै होइन, कसरतका वेला कपाल खुला छोड्नु पनि गल्ती नै हुन्छ । कपाल खुला छोडेर कसरत गर्दा आयली स्किन भएकालाई बढी खतरा हुन्छ । कपालबाट चिपचिपसँगै झर्ने ब्याक्टेरियाले अनुहारको छालामा असर गर्छ । नियमित कसरत गर्नेलाई डन्डिफोरले सताउने एउटा कारण यो पनि हो । हेयर ब्यान्ड प्रयोग गर्दा कपालको चिपचिप अनुहारमा आउनबाट जोगिन्छ ।

    गल्ती ६

    कसरतका वेला पटक–पटक कपाल र अनुहारमा हात पुर्‍याइराख्नु पनि गलत काम हो । कपाल र अनुहारमा हात चलाइराख्दा कपालको ब्याक्टेरिया अनुहारमा आउने र इन्फेक्सन गराउने हुन्छ । विशेषगरी, फिटनेस सेन्टरमा कार्डियो मेसिन या अन्य तौलसम्बन्धी जिम गर्नेले यो सवालमा सचेत हुनु जरुरी हुन्छ । जिमका उपकरणमा ब्याक्टेरिया हुन्छन् । ती सामानको सम्पर्कमा रहने हातलाई अनुहारमा पुर्‍याउँदा छालामा असर पर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij