प्रकाशित मिति : बिहिबार, पुस २६, २०७५
चौतारा । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टिकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
आज बिहान बाटो हिँडिरहेको अवस्थामा प्रशारण लाइनको तार चुँडिएर जमिनमा लत्रिरहेको अवस्थामा नदेखेर कुल्चँदा उनलाई करेन्ट लागेको थियो।
घाइते अवस्थामा काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणको लापवाहीका कारण जिल्लामा करेन्ट लागेर विगतदेखि हालसम्म धेरैले ज्यान गुमाइसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij