मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्भमा छोरा छ की छोरी, यस्ता छन् छोरो जन्मने ४ लक्षणहरु

  • प्रकाशित मिति : शुक्रबार, पुस २७, २०७५



  • काठमाडौं । गर्भमा भएको बच्चा छोरा होस् या छोरी आमाबुवालाई उक्त बच्चाको आगमनको दिनको पर्खाइ रहन्छ र उत्तिकै उत्साह रहन्छ । तर, गर्भमा रहेको बच्चा छोरा होला या छोरी होला भन्ने उत्सुकताले पनि सताइरहेको हुन्छ ।

    गर्भमा छोरा या छोरी छ भन्ने थाहा पाउनको लागि जाँच गर्नु अहिले गैरकानुनी मानिन्छ । समाजमा व्याप्त लैंगिक असमानता र भ्रुण हत्याका कारण सरकारले गर्भमा रहेको बच्चाको लिङ्ग परिक्षण गर्नुलाई अपराध मानेको छ ।

    यसले गर्दा दम्पतिले अस्पताल तथा क्लिनिकमा गएर गर्भमा छोरा छ या छोरी छ भन्ने पत्ता लगाउन सक्दैनन् । अस्पताल तथा क्लिनिकमा जांच गर्ने चलन नहुँदाको पहिलेको समयमा गर्भवती आमामा आउने परिवर्तनका आधारमा मानिसहरुले उसको गर्भमा छोरा छ या छोरी छ भन्ने अनुमान गर्थे ।

    गर्भवती आमाको पेट गर्भमा बच्चा बसेपछि बढ्दै जान्छ । यसरि पेट बढ्दै जाँदा यदि पेट अगाडी पट्टि चुच्चो हुने तरिकाले बढ्यो भने छोरा भएको तथा पेट गोलो आकारमा बढ्यो भने छोरी भएको अनुमान गरिन्छ । यसको साथै गर्भवती आमाको स्तन कसिलो र गह्रौं भयो भने छोरी र सामान्य नै रह्यो भने छोरा हुने अनुमान गरिन्छ । त्यस्तै, गर्भमा छोरी भएमा गर्भवती आमाको पिसाबको रंग हल्का पहेंलो र छोरा भएमा गाढा हुन्छ ।

    गर्भवती आमाको खानपानले पनि गर्भमा छोरा छ या छोरी छ भन्ने अनुमान गर्न सकिन्छ । गर्भमा छोरी भएमा गर्भवती आमाले गुलियो खानेकुरा खान मन लाग्छ भने छोरा भएमा अमिलो खानेकुरा खान मन पर्छ । र, गर्भवती आमाको मुटुको चालको आधारमा पनि गर्भमा छोरा छ या छोरी छ भन्ने अनुमान गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij