मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आँखालाई सुन्दर मेकअप गर्ने सजिलो तरिका

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०७५



  • एजेन्सी । सुन्दर अनुहारको लागि आँखाले निकै महत्वपूर्ण भूमिका खेल्छ । मानिसको सुन्दरता नै आँखाले झल्काउँछ । कोही पनि व्यक्तिको अनुहारमा हेर्दा हाम्रो नजर आँखामा जाने गर्छ । त्यसैले अनुहारको मेकअपमा आँखाको मेकअपलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । आँखाको मेकअप अरु मेकअपको तुलनामा कलात्मक र समय बढी लाग्ने हुन्छ।

    आँखाको मेकअप गर्दा सुरुमै आइस्याडो लगाउनु हुँदैन । आइस्याड़ोलाई लामो समय टिकाउन र आँखाको छालालाई राम्रो अवस्थामा राखिराख्नको लागि आइस्याड़ो लगाउनु भन्दा पहिले कन्सिलर लगाउनु राम्रो हुन्छ । केहीले आँखामा फाउन्डेसन नै लगाउने गर्छन् । तर आँखाको छालाको लागि फाउन्डेसनको तुलनामा कन्सिलर राम्रो मानिन्छ । कन्सिलर राम्रोसंग छालामा हराउने गरि लगाएपछि मात्र आइस्याड़ो लगाउनुपर्छ।

    धेरैले आइस्याड़ो लगाउने रहर भएतापनि लगाउँदा लतपत हुने, आकार दिन नजान्ने डरले लगाउंदैनन् । यस्तो समस्याबाट छुटकारा पाउनको लागि आँखाको छेउको भागमा टेप टासेर आइस्याड़ो लगाउन सकिन्छ । आइस्याड़ो लगाउँदा आँखीभौं मुनी खुम्चिएको या घेरा परेको भागलाई मूख्य ध्यान दिनुपर्छ । सुरुमा हल्का रंग त्यस घेरामा लगाउनुपर्छ । त्यसपछि थोरै गाढा रंग लिएर त्यसमा राम्रोसंग लगाउनुपर्छ । यसरि लगाउँदा घेराको रंग गाढा हुँदै जान्छ ।

    पछिल्लो समय आइस्याड़ो लगाउँदा दुई रंग लगाउने चलन बढेको छ । दुई रंग मध्ये धेरैजसो एउटा रंग कालो लगाउने गरिन्छ । बीच भागमा छड्के घेरा सिमानाको रुपमा लगाएर छेउको भाग पट्टि कालो या गाढा रंगको आइस्याड़ो लगाउनुपर्छ । त्यसलाई ब्रसले राम्रोसंग छालामा मिल्ने गरि लगाउनुपर्छ । त्यसपछि अर्को हलुका या चमकदार रंग लिएर आँखाको कुना पट्टिको भागमा लगाउनुपर्छ । अब बीचको छड्के गाढा रंगको घेरालाई त्यही गाढा रंग नै बुरुसमा लिएर दुई रंगमा मिलाउनुपर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij