मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पहिरोको चपेटामा दलित बस्ती

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०७५



  • बैतडी, पुस २८ । बर्षौदेखिको पहिरोले बैतडीको डिलाशैनी गाउँपालिका–६, सौनगाउँ दलित बस्ती जोखिममा परेको छ । २०३९ सालमा खस्न सुरु भएको पहिरोले बर्षेनि दलित बस्तीलाई चपेटामा पार्दै आएको छ ।

    बर्षामा मात्र नभई हिउँदमा समेत सुख्खा पहिरोले दुःख दिने गरेको स्थानीय शिवराम लुहारले बताए । ‘बर्षातको समयमा पहिरो बग्ने र हिउँदमा समेत जमिन चिरा परेर पहिरो खस्ने गरेको छ,’ उनले भने, ‘गाउँका ४७ घरपरिवार पहिरोको उच्च जोखिममा छौं ।’

    आफूहरुसँग भएको सबै जमिन पहिरोले बगाईसकेको र घर बनाउनसमेत जमिन बाँकी नरहेको स्थानीय गोजे लुहारले बताए । आफ्नो पीडाका बारेमा स्थानीय र प्रदेश सरकारलाई समेत जानकारी गराईसकेको भए पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

    पहिरोका कारण बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था रहेकोे छ । २०३९ सालमा खस्न सुरु गरेको पहिरो वर्षेनि खस्दै आएको स्थानीय बताउँछन् । पहिरोकै कारण बालबालिकालाई विद्यालय जान समेत समस्या हुने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij