मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हेर्नुस्, यी हुन् प्रभाससँग भएका पाँच सर्वाधिक महँगा कुरा

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • तेलेगु सुपरस्टार प्रभासले सन् २००० मा ‘एश्वर’ सिनेमाबाट डेब्यू गर्दै आफ्नो सिनेमा यात्रा सुरू गरेका थिए। सन् २०१५ मा रिलिज भएको ‘बाहुबली’ सिनेमाले उनलाई भारतभर र भारतीय सिनेमाका पारखी दर्शकहरूमाझ बृहत चर्चा दिलायो।

    आज यी अभिनेतासँग करिब १९६.३५ करोड भारू बराबरको सम्पति छ भने वार्षिकरूपमा उनको कमाइ ४५ करोड छ। बाहुबलीपछिको चर्चाले गर्दा उनको चर्चा १० गुना बढेको त छँदैछ, यससँगै उनको पारिश्रमिक पनि प्रति सिनेमा २५ करोड पुगेको छ। विज्ञापन खेलेर उनले ३० करोड कमाइ गर्ने गर्छन्।

    चर्चा र कमाइको बढोत्तरीसँगै उनले केहि महँगा र विलासी सामानहरू पनि जोडेका छन्। उनले महँगा गाडी, बाइक तथा मध्य हैदरबादमा फार्म हाउससमेत छ।

    उनै अभिनेतासँग रहेका पाँच महँगा बस्तुहरू यस्ता छन्:

    BMW X3

    बिएमचब्लु एक्स ३- ६८ लाख भारू

    Gym Equipment

    जीमखान- झण्डै डेढ करोड भारू। (‘बाहुबली’ निर्माण पक्षले सिनेमाका लागि व्याम गर्नलाई उपहार दिएको)

    Jaguar XJR

    जगुवार एक्सजेआर- २.०८ करोड

    Rolls Royce Ghost

    रोल्स रोयस गाडी- ८ करोड भारू

    Prabhas Hyderabad home

    हैदरबाद फार्म हाउस: ६० करोड

    प्रभाससँग भएको ८ करोड भारू मूल्य बराबारको रोल्स रोय गाडी बलिउड सुपरस्टार शाहरुखा तथा अमिताभ बच्चनसँग भएको भन्दा पनि महँगो गाडी हो।

    उनको यस वर्ष रिलिज हुने ‘साहो’ ३०० करोडको ठूलो बजेटमा बनेको सिनेमा हो जसमा उनले पारिश्रमिक बापत ३० करोड भारू बुझेका छन्। सिनेमा अगस्ट १५ मा रिलिज हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij