मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

देवघाटमा माघे सक्रान्ति मेलाको तयारी पूरा

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • चितवन। पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ।

    स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ। समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार मेला तयारीका लागि गठन गरिएका २३ उपसमितिमार्फत सम्पूर्ण काम पूरा भएका छन्।

    उनले सोमबार साँझबाट देवघाट आउने सवारीसाधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको बताए। ती सवारी फर्कँदा आँपटारी हुँदै फर्कनेछन्। सवारीको पार्किङ्, विद्युत, शौचालय, सरसफाइ, खानेपानीलगायतको व्यवस्था भइसकेको छ।

    आपतकालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहनेछन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ गरिने छ। चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन हुनेछन् । नदीको नुहाउन मिल्ने ठाउँ पहिचान गरी सिमाङ्कन गरी सकिएको छ।

    समितिका अध्यक्ष शिवराज पौडेलले मेलाको सबै तयारी पूरा भएको बताए। उनका अनुसार सोमबार बिहान ९ बजे बेनीमा बाँसको लिङ्गो ठड्याएर विधिवत रुपमा मेलाको शुभारम्भ गरिने छ। सो अवसरमा गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरी, महेश सन्यास आश्रमका पिठाधीश रमाणानान्द गिरी, हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वती, वेदस्त साधना कुटिरस्कीका कृष्णानन्द सरस्वतीलगायतका विशिष्ठ व्यक्ति उपस्थित हुने कार्यक्रम रहेको पौडेलले जानकारी दिए।

    सङ्क्रान्तिको अघिल्लो रात सो धाममा करीब दुई लाख ५० हजार भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने गरेका उनले बताए। आइतबारबाटै भक्तजन आउने क्रम शुरु भएको छ। ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटा हुँदै जाने विश्वास गरिन्छ।

    भविष्य पुराण, विष्णुवचन तथा धमसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने जनविश्वास रहिआएको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij