प्रकाशित मिति : आइतवार, पुस २९, २०७५
एजेन्सी । समुद्रिक शास्त्रका अनुसार कुनै पनि मानिसको आँखी भौं ले उसको स्वभाव र व्यक्तित्वका केही रहस्यहरु थाहा पाउन सकिन्छ। आखीभौंको बनावट र रंगले समेत व्यक्तिको बारेमा धेरै कुरा बताउँछ । कसैको आर्थिक अवस्था त कसैको मनका कुराहरु साथै उसको चरित्र पनि आँखी भौं हेरेर पत्ता लगाउन सकिनेछ ।
समुद्रशास्त्रका अनुसार जुन मानिसको आँखी भौं चन्द्रमाको आकार जस्तो छ र दुवै भौं एक आपसमा टाढा छन् भने उक्त मानिस एकदमै भाग्यमानी हुन्छन् । समुन्द्रशास्त्रका अनुसार त्यस्तथा मानिसले परिवार र समाजमा पनि मान–सम्मान पाउँछन्।
शास्त्रका अनुसार जुन मानिसको आँखी भौं मोटो हुन्छ उनको स्वभाव रिसालु हुन्छ साथै त्यस्ता मानिसहरु बाठा पनि हुने गर्दछन् । तिनीहरु धनप्रति अत्यन्तै लोभी र अंहकारी हुन्छन् ।
जुन व्यक्तिको भौं तलपट्टी झुकेको हुन्छ अथवा बाङ्गो हुन्छ उसले जीवनमा निकै समस्याहरु भोग्नुपर्छ ।
जुन व्यक्तिको भौं आपसमा जोडिएको हुन्छ, ऊ निकै चतुर हुन्छ । उसले हरेक काम कुशलता पूर्वक गर्नेछ र मेहनतका साथ जिवनलाई अगाडी बढाउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij