मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अनुहारको चाउरीपना हटाउनका लागि घरमै बनाउनुहोस् यो क्रिम

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • एजेन्सी । सुन्दरताको लागि व्यक्तिको अनुहारको बनावट र सुन्दरता महत्वपूर्ण हुन्छ । उमेर बढ्दै जाँदा अनुहारमा चाउरीपना पनि बढ्दै जान्छ । यसले गर्दा अनुहारको सुन्दरतामा कमी देखिन थाल्छ । साथै व्यक्ति वास्तविक उमेर भन्दापनि बूढो देखिन थाल्छ । अनुहारको चाउरीपना हटाउनको लागि मानिसहरु शल्यक्रिया समेत गर्ने गर्छन्। तर त्यो अत्यन्तै महँगो र जोखिमपूर्ण हुनेगर्छ ।

    अनुहारको चाउरीपना हटाउनको लागि अनुहारको एक्सर्साइज गर्न सकिन्छ। यसको साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । तर, पनि अनुहारमा प्रयोग गरिने विभिन्न रासायनिक क्रिम र बाहिरको प्रदुषणले अनुहारमा चाउरिपन देखा पर्छ । यस्तो अवस्था घरेलु सामाग्रीको प्रयोगले चाउरीपना हटाउन सकिन्छ । यो विधि निकै सस्तो र जोखिमरहित हुन्छ । नियमित रुपमा प्रयोग गर्नाले यसले प्राकृतिक रुपमै अनुहार चील्लो बनाइदिन्छ र चाउरीपना हटेर जान्छ ।

    चाउरीपना हटाउनको लागि बदामको तेल निकै उपयोगी मानिन्छ । बदामको तेलमा गुलाबजल, दुई चम्चा फिटकिरीको धुलो र तीन वटा अण्डा मिलाउनुपर्छ । त्यसपछि त्यो मिश्रणलाई एउटा कचौरामा मिलाउनुपर्छ र हल्का आगोमा तताउनुपर्छ ।

    तात्दै जाँदा उक्त मिश्रण सेतो रंगमा बाक्लो बन्दै जान्छ । अब उक्त मिश्रणलाई एउटा सफा भाँडोमा राख्नुपर्छ । त्यसपछि त्यो भाँडोलाई पांच घण्टा यत्तिकै छोड्नुपर्छ । पांच घण्टा पछि खोलेर हेर्दा त्यसमा क्रिम बनिसकेको हुन्छ ।

    यो क्रिम एकहप्तासम्म प्रयोग गर्न सकिन्छ । यसमा अण्डाको कुनै गन्ध आउंदैन । किनकी फिटकिरी र बदामको तेलले अण्डाको गन्ध हटाइदिनुका साथै अण्डालाई बिग्रिन पनि दिंदैन । यसरि बनाइएको क्रिम राती सुत्नु अगाडी सफा पानीले मुख धोएर लगाउनुपर्छ र बिहान उठेपछि सफा पानीले मुख धुनुपर्छ । एक महिनामा लगातार यो क्रिम लगाउनाले जस्तोसुकै चाउरीपना पनि हटेर जान्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij