मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

क्याल्सियमको कमीका कारण लाग्ने रोग

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • हाम्रो शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ । यसले हड्डी मजबूत पार्छ । क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् । यदि हामीले शरीरलाई चाहिने आवश्यक क्याल्सियम उपभोग गरिएन भने शरीरले हड्डीबाट क्याल्सियम लिई रक्तसन्चारप्रणालीमा पठाउँछ । यसले हड्डी कमजोर भई ओष्टियोपोरोसिस रोग लाग्ने सम्भावना हुन्छ ।

    क्याल्सियमको कमीका कारण लाग्ने रोग

    उच्च रक्तचाप
    कोलोन क्यान्सर
    स्तन क्यान्सर
    मेटाबोलिक सिण्ड्रोम
    प्रिमेनुष्ट्रल सिण्ड्रोम

    कति चाहिन्छ मानिसलाई क्याल्सियम दैनिक ?

    वयस्क : १ हजार मिलिग्राम दैनिक
    किशोर – ५० वर्षभन्दा बढी उमेरका महिला तथा ७० वर्षभन्दा बढी उमेरका पुरुष – १३ सय मिलिग्राम दैनिक

    एकवर्षदेखि माथि र नौ वर्षभन्दा मुनीका बच्चा : ५ सय देखि ८ सय मिलिग्राम दैनिक

    क्याल्सियम पाइने मुख्य खाद्यपदार्थ

    दूध : क्याल्सियम पाइने मुख्य पदार्थ दूध हो । विशेषगरी गाइको दूधमा बढी क्याल्सियम पाइन्छ । चिल्लोरहित दुधले मानिसलाई आवश्यक पर्ने ३० प्रतिशत क्याल्सियम दुधले पूर्ति गर्छ ।

    दहि : दहि दुधभन्दा पनि सजिलै पच्छ । २२५ग्राम दुधमा भन्दा त्यतिनै मात्राको दहीमा बढी क्याल्सियम पाइन्छ । सादा दहीमा प्रोटिन पनि हुन्छ ।

    चिज
    तरकारी तथा हरिया सागसब्जी
    फलफूल तथा बदाम
    सामुद्रिक खाद्यपदार्थ
    सेरल्स
    सोय तथा सोयजन्य उत्पादन
    अण्डा

    ध्यानाकर्षण : हल्का पेय पदार्थ, क्याफिन र अल्कोहलले क्याल्सियमलाई हानी गर्छन् । त्यसैले यी चिजबाट टाढै बस्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij