मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०७५



  • ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ ।

    बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसरले जनाएको हो । अपराह्न ४ः३० बजे उनीहरु हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी शुरु गरेको परिसरका प्रवक्ता शेखर खनालले बताए।

    परिसरले मातहतमा वृत्त र प्रभागमा कार्यरत प्रहरी कर्मचारीसहित सात टोली फूलचोकी जङ्गलमा खटिएको थियो । किशोर किशोरी गोदावरी बसपार्कबाट १० किलोमिटर परको जङ्गलको मध्य भागमा पर्ने खोँचमा फेला परेको प्रहरीले जनाएको छ ।

    किशोर किशोरी आठ÷आठ जनाको समूहमा घुम्न गएका थिए । बाटो बिराएर दिनभर भौँतारिँदा उनीहरु भोक र तिर्खाएको अवस्थामा फेला परे । उनले भने “हामीले राति नै अभिभावकको साथमा फर्काएका छौँ ।”

    वर्षेनी धेरै किशोर किशोरी तथा युवा जाडोको मौसममा हिउँसँग खेल्न भन्दै फूलचोकी जाने गरेका छन् । प्रहरीले निषेध गरेका क्षेत्रमा समेत पुग्दा जङ्गलमा बेपत्ता हुने घटना वर्षेनी हुने गरेको छ । अघिल्लो वर्ष विद्यालयबाटै घुम्न गएका जोन तामाङ जङ्गलमा एक सातापछि मात्रै भेटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij