मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तरुल तथा कन्दमुलको उत्पादनमा बढ्यो, मूल्य घट्यो

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • काठमाडौं, । यस वर्ष तरुल तथा कन्दमुलको मूल्य घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यका बाहिरबाट तरुल लगायत कन्दमुल धेरै नै भित्रिएकोले मूल्य केही घटेको कालीमाटी तरकारी तथा फलफुल विकास समितिले जनाएको हो ।

    अघिल्लो वर्ष प्रतिकिलो ५५ रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलो सम्ममा खरिदबिक्री भएको तरुल यस वर्ष ४० रुपैयाँदेखि १२० रुपैयाँ प्रतिकेजीसम्म बिक्री भईरहेको छ ।

    माघे संक्रान्तिलाई लक्षित गरि उपत्यकामा यस वर्षको पुस महिनामा मात्र ९६२ क्विन्टल तरुल, १३१ क्विन्टल पिँडालु र १६४ क्विन्टल सखरखण्ड आयात भएको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

    यस वर्ष उत्पादन एवं आयात बढेका कारण तरुल तथा कन्दमुलको मूल्य घटेको उनको भनाइ छ । अघिल्लो वर्ष साढे ६ सय क्विन्टलमात्र आयात भएको थियो भने यस वर्ष ९६२ क्विन्टल भित्रिएको समितिको तथ्यांक छ ।

    उपत्यकामा सर्लाही, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र केही मात्रामा भारतबाट पनि कन्दमुल आयात हुने गरेको छ । उपत्यकामा स्थानीय प्रजातीका रातो, सेतो, हात्तीपाईले जस्ता विभिन्न प्रकारका तरुल भित्रिने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij