प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५
ललितपुरको इमाडोलमा सोमबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
इमाडोलबाट ग्वार्कोतर्फ आइरहेको बा २ ख ९५४२ नम्बरको बसले र विपरित दिशाबाट गइरहेको ४२ प १०८९ नम्बरको मोटरसाइकललाई सवा ९ बजेतिर ठक्कर दिएको हो।
बसको ठक्करबाट मोटरसाइकल चालक मकवानपुर मार्खुका रामहरि केसी गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालय सातदोबाटोले जनाएको छ।
प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij