मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पवीत्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति मेला

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • चितवन, ३० पुस । पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ ।

    हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गममा गङ्गाजीको विधिवत् पूजाआजा गरी बटुकहरुले स्वस्तिवाचन गरेका थिए ।

    सन्त, महन्थ, तीर्थालु भक्तजन, विभिन्न गुरुकुलका विद्यार्थी, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यलगायतको सो अवसरमा उपस्थिति थियो । लिङ्गो ठड्याएसँगै आजदेखि औपचारिक रुपमा माघे सङ्क्रान्ति मेला अर्थात मकर मेला शुरु भएको हो । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गममा वेणी रहेको छ ।

    देवघाटमा आजदेखि ३ दिन विशेष माघी मेला लाग्ने छ भने माघ महीनाभर मकर स्नानका लागि श्रद्धालुहरु देवघाट आउने गर्दछन् । यसवर्ष पाँच लाखभन्दा बढी भक्तजन देवघाट आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ ।

    सोही अनुसार सुरक्षा, यातायात, शौचालयलगायतको व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । मेला अवधीभर नदी वारपारका लागि ३० वटाभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ ।

    मेला भर्न आइतबारदेखि नै नेपाल तथा छिमेकी देश भारतका विभिन्न क्षेत्रबाट शक्तजन आउने क्रम शुरु भएको छ । आज राति देवघाटमा तीन लाख हाराहारी भक्तजन दीप प्रज्वलन गरी भजन किर्तन गरेर बस्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिनरनबाबु घिमिरेले बताउनुभयो ।

    ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशी (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

    यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लडु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने जनविश्वास रही आएको छ ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij