प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। आज छापावाल सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुनको मूल्य ६० हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। हिजो तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ५६० रहेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij