मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नुवाकोट र धादिङमा ६५ हल गोरु जुधाइँयो

  • प्रकाशित मिति : मङ्लबार, माघ १, २०७५



  • uf]? h'wfOb} M df3] ;qmflGtkj{sf] cj;/df cfh g'jfsf]6sf] tf?sfdf cfof]lht uf]? h'wfO{ k|ltof]lutfdf k|lt:kwf{df ub}{ uf]? . t:aL/ M /fdxl/ Gof}kfg], g'jfsf]6, /f;; .

    काठमाडौं । माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङमा आज ६५ हला गोरु जुधाइँएको छ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा गोरु जुधाउने पर्व मनाइन्छ ।

    यस वर्ष नुवाकोटको बेत्रावती, तारुका र घले गाउँमा ४७ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा १८ हल गोरु जुधाउनको लागि दर्ता भएको रसुवा–नुवाकोट पर्यटन समाजले जनाएको छ ।

    तारुका गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम पनि भएका छन् ।

    तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो पर्व हो ।

    तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाण्डु, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij