मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

३५ वर्षयता एकै रङका कपडा किन लगाउँछन् यी व्यक्ति ?

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • काठमाडौं । कतिपय मानिसहरु रङ्गीचङ्गी कपडाका पारखी हुन्छन् । तर यो दुनियामा एकजना यस्ता व्यक्ति छन् जसले पछिल्लो ३५ वर्षसम्म एकैखाले रङको कपडा लगाउँदै आएका छन् ।

    उनी कुनै योगी होइनन् तर उनले ३५ वर्षदेखि पहेँलो रङका मात्र कपडा लगाउँदछन् । जसका कारण उनको नाम नै यल्लो म्यान रहन गएको छ ।

    सिरियाको अलेप्पो सहरमा बस्ने अबू जाक्कोर केवल पहेँलो रङका कपडा लगाउँछन् । कपडा मात्र होइन, उनले प्रयोग गर्ने हरेक सामानको रङ पहेँलो हुन्छ । कपडा तथा जुत्तादेखि लिएर छातासम्म पनि पहेँलो नै छ । आफूलाई चाहिने चिज बजारमा यदि पहेँलो रङको पाइएन भने उनले त्यो चिज किनेर घरमा ल्याई पहेँलो रङ पोतेर प्रयोग गर्दछन् ।

    सन् १९८३ को जनवरी २५ देखि उनले पहेँलो रङको प्रयोग गर्न थालेका हुन् । उनले त्यसबेला गरेको बाचा अझै तोडेका छैनन् । पहेँलो रङ प्रेमको प्रतिक रहेको उनको दाबी छ ।

    भित्री कट्टुदेखि टाईसम्मै पहेँलो रङको प्रयोग गर्ने अबूले उनको त्यो बानीका कारण कहिलेकाहीँ समस्याको सामना पनि गर्नुपरेको छ । कतिपयले उनलाई अलकायदा त कतिले आइएसको जासुस भएको आरोप पनि लगाए । सन् २०१३ मा सिरियाली विद्रोही सेनाको कुटाइ पनि उनले खाएका थिए ।

    तर जतिसुकै चुनौति आएपनि अबूले पहेँलो रङ अझै छाडेका छैनन् । उनले जीवनमा कहिलेसम्म पहेँलो रङलाई पछ्याइरहने हुन् त्यो थाहा छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij