मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चमत्कारी गुणले भरिएको यो बिरूवा, समस्या आउनभन्दा अगाडि नै दिन्छ यस्ताे संकेत

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • एजेन्सी । हाम्रो समाजमा हरेकका घर घरमा तुलसीको मठ र बिरुवा हुने गर्दछ । तर के तपाईलाई थाहा छ तमाम गुणले भरिएको तुलसीको बिरुवा कुन दिशामा हुनुपर्दछ ? सहि दिशामा तुलसी रोप्नाले यसले शुभ फल दिन्छ। तर गलत ठाउँमा रोप्नाले दोष पनि लाग्न सक्छ।

    वास्तु अनुसार यस दिशामा रोप्नुहोस् तुलसी

    तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।

    समस्या आउनुभन्दा पहिला नै तुलसीले सचेत गराउँछ

    यदि तपाईको घरमा तुलसीको बिरुवा छ भने तपाईका आउने समस्या अगाडि नै तुलसीले सचेत गराउँछ। यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ।

    यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ । सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ । उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।

    तुलसीका चमत्कारिक उपाय

    यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पूवी दिशामा रोप्नु पर्दछ । र सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बदलाप देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन्। ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।

    यदि तपाईकी छोरीको विवाह हुन कठिन भएको छ र तपाई छोरीको विवाहको विषयमा चिन्तित हुनुहुन्छ भने तपाईको समस्या अब समाधान हुनेछ।

    विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।

    यदि कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ।

    यदि घरमा आएपछि सँधैजसो झगडा हुने गर्दछ भने यसबाट बँच्नका लागि आसपासमा तुलसीका गमला राख्नुपर्दछ । जसले तपाईको परिवारमा चमत्कारिक फाईदा मिल्ने गर्दछ।

    यदि तपाईको घर कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्नुहोस्। यो उपाय तपाईका लागि रामवाण साबित हुनेछ भने वास्तुदोष पनि हटेर जाने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij