प्रकाशित मिति : बुधबार, माघ २, २०७५
एजेन्सी। करोडै हिन्दुहरुको आस्थाको प्रतिक केदारनाथ धामको द्वार बन्द भएको छ। तर असीम शान्तिको यो सागरमा १३ साधु भगवदभक्तिमा अहिले पनि लीन छन्। अर्थात उनीहरुको व्रजदेहले मौसमलाई पनि पराजित गरेको छ। यी साधुको शरीरमा कपडाको नाममा मात्र कम्बल छ। अझ केही साधु त दिगम्बर रुपमा नै यहाँ बसिरहेका छन्।
जाडोको मौसममा बद्रीनाथ धामसहित यो पूरा उच्च हिमाली क्षेत्रमा ४ देखि ६ फीटसम्म हिउँ पर्छ भने चिसो माइनस २० डिग्रीमा पुग्छ। यस्तो चिसो मौसममा यी साधु आफ्नो साधनामा लीन हुन्छन्। उनीहरुको दाह्रीले उनीहरुको शरीरलाई केही राहत दिएको अनुभव हुन्छ।
आफ्नो नाम र गाउँ बताउन अस्वीकार गर्दै यी साधु भन्छन्, ‘मायाको बन्धनलाई तोडेर हामी यहाँ आइपुगेका हौं। अब त्यस विषमा चर्चा गरेर के फाइदा?’ यति भनेर उनीहरु फेरि ध्यानमा लीन भए। उनीहरुलाई चिसो पानीले केही असर गर्छ न हिमपातले।
बद्रीनाथ धामको द्वार बन्द भएपछि सन्नाटा छाउँछ। केही साधु भने प्रशासनको अनुमति लिएर बद्रीनाथमा बस्छन्। निकै चिसो र हिमपातकाबीच साधु यो ठाउँमा तपस्यामा लीन हुन्छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij