मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्छ? यस्तो छ कारण

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • नुहाएपछि हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गर्छ। हात, हत्केला, औलाको छाला धेरै बेर पानीमा रहँदा खुम्चेर चाउरिएझै हुन्छ।

    आखिर यसको कारण के हो?

    केही व्यक्ति बायोकेमिकल प्रतिक्रियाको कारण यस्तो हुने बताउँछन्। पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कन्छन्। जसले गर्दा छाला खुम्चिन पुग्छ।

    महिला र पुरुषको शर्टमा बटन किन फरक साइडमा हुन्छ ? ४ कारण
    तर वैज्ञानिक भन्छन्, यो केवल ओस्मोसिस (Osmosis) मात्र होइन। वैज्ञानिकले पत्ता लगाएका छन् कि छालाको जुन हिस्सा चाउरी परेको छ, यदि त्यहाँको केही नसा काटिदिने हो भने त्यसरी चाउरी पर्दैन।

    यसको मतलब चाउरी परेको छाला यो देखाउछ कि हाम्रो स्नायु प्रणाली बिल्कुल ठिक काम गरिरहेको छ।

    अमेरिकी वैज्ञानिक मार्क चान्गिजी भन्छन् कि हाम्रो शरिर बदलियको वातावरण अनुसार आफुलाई पनि परिवर्तन गर्दछ। पानीमा छाला चाउरी पर्नु पनि त्यहि हो, कि हामी चीजहरुलाई ठिक ढंगले समाउन सकौं।

    के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?
    सन् २०११ मा मार्केले एक अनुसन्धानको क्रममा यस्तो विशेषता बाँदरमा पनि भेटेका थिए। यसको एउटै अर्थ हुन्छ कि पानीमा हाम्रो पकड बलियो होस्।

    ब्रिटेनमा सन् २०१३ मा भएको एक प्रयोग यो पनि देखायो कि भिजेको हातले पानी भित्र चीजहरुलाई यता-उता छिटो छिटो गर्न सकिन्छ। सुख्खा हातले यहि काम गर्न बढी समय लाग्छ।

    तर एक वर्ष पछि जर्मनीमा यहि प्रयोग फेरी भयो जुनमा नतिजा उल्टो आयो। नजिता आयो कि भिजेको हात र सुख्खा हातले काम गर्दा कुनै फरक हुँदैन।

    त्यस्तै ताईवानमा भएको अर्को प्रयोगमा भिजेको हातले सामान उठाउन झन् गाह्रो हुने नतिजा निकालियो।

    भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुन्छ, कतै समात्न खोज्दा चिप्लो भएर समात्न सकिन्न। तर कम्तिमा ५ मिनेट पानीमा भिजेको हात वा खुट्टामा पर्ने चाउरीको कारण भने त्यस्तो चिप्लोपना कम हुन्छ। मार्क भिजेको चाउरी आफ्नै शरिर धान्न उपयोगी हुने ठान्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij