प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५
काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ। आज छापावाल सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि यथावत छ। आज तेजावी सुन ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ५६० रहेको थियो।
काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही तलमाथी हुन सक्नेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij