मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपालको एक मन्दिर जहाँ माछाको बलि चढ्छ !

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • नेपालका मन्दिरमा आफ्नै विशेषता र परम्परा छन् । सिन्धुलीमा रहेको प्रख्यात कमलामाई मन्दिरमा माछाको समेत बलि दिइन्छ । कमलामाई नगरपालिका–४ मा रहेको मन्दिरको शुद्ध मनले दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा कमलामाईमा लाग्ने मेला भर्न छिमेकी जिल्लाहरू श्रद्धालु भक्तजनको भीड लाग्ने गरेको छ ।

    मन्दिरको नाममा रहेको २५ सय वर्ष पुरानो बहुमूल्य धातुको ‘मण्डमाला’ गहना पौष मसान्तको दिन कमलामाई देवीलाई लगाइदिएपछि उक्त मेला विधिवत् शुरु भएको मानिन्छ ।

    कमलामाई मन्दिर र सदरमुकाम सिन्धुलीमाढीमा रहेका कालीमाई मन्दिर दिदीबहिनी भएको विश्वास गरिन्छ । भक्तजनहरू रातभरि कमलामाई मन्दिरमा जाग्राम बसी बत्ती बाल्ने बाल्ने र बिहानीपख झिसमिसेमा नै पाठी बलि चढाउने परम्परा रहेको मन्दिरका पुजारी नरनाथ भण्डारीले लोकान्तरलाई बताए ।

    पुजारी भण्डारीले कमलामाई मन्दिरमा माछाको समेत बलि चढ्ने बताए । ‘प्राचीनकालमा बलि दिने पशुपक्षी फेला नपरेपछि एक भक्तालुले मन्दिर किनाराको माछा ल्याएर बलि दिएको विश्वास छ,’ मन्दिरमा भेटिएका पशुपति बाबाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij