प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५
सूर्य मकर राशिमा प्रवेश गरेसँगै माघ महिना शुरु हुने गर्छ। माघ १ गते सूर्य उत्तरायण हुने हुँदा मकर संक्रान्तिमा विशेष योग बन्ने ज्योतिष शास्त्रीहरु बताउँछन्।
सूर्य धनु राशिमा प्रवेश गरेसँगै खरमास शुरु हुनेगर्छ। खरमासमा मांगलिक कार्य गर्न वर्जित मानिन्छ। सूर्य उत्तरायण भएसँगै खरमास सकिने र शुभ समय शुरु हुने धार्मिक मान्यता छ। सूर्य उत्तरायण हुँदा कुन-कुन राशिलाई कस्तो लाभ मिल्छ त हेर्नुहोस् :
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सूर्य उत्तरायण हुँदा यस राशि हुनेहरुलाई शुभ हुने देखिन्छ। परिवारमा सम्बन्ध राम्रै रहन सक्ला। आर्थिक मामलामा पनि लाभ मिल्नेछ। घर-जग्गा सम्बन्धि करिबारमा उल्लेख्य लाभ मिल्न सक्ला। सन्तान सुख पनि प्राप्त हुने सम्भावना रहन सक्ने देखिन्छ। दैनिकीमा परिवर्तन हुनाले मानसिक रुपमा पनि सुख मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सूर्य उत्तरायण सँगै यस राशि हुनेहरुलाई आर्थिक लाभ मिल्नेछ भने आय बढेर जानेछ। सूर्यको राशि परिवर्तनको कारण वाहन सुख मिल्ने सम्भावना देखिन्छ। कानुनी रुपमा रहेका समस्या मात्र नभई सामाजिक समस्या पनि हल हुने देखिन्छ। व्यवसायमा र जागिरमा सजिलै सफलता मिल्न सक्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सूर्य उत्तरायणको कारण मिथुन राशि हुनेहरुलाई दुख मिल्न सक्ला। स्वभावमा अहमत़ा बढेर जाने हुँदा सामाजिक रुपमा रहेको सम्मान गुम्न सक्ने देखिन्छ। जीवनसाथी साथै प्रेमीको स्वास्थ्यको कारण खर्च साथै चिन्ता बढेर जाने देखिन्छ। वैदेशिक यात्रामा जानको लागि शुभ समय नरहन सक्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सूर्य उत्तरायणको कारण कर्कट राशिहुनेहरुलाई फाइदा पुग्ने देखिन्छ। नयाँ सम्बन्ध स्थापित हुने मात्र नभई व्यवसायमा पनि साझेदार मिल्नेछ। कलात्मक कार्यमा रूची बढ्नेछ। तर स्वास्थ्यको विषयमा भने समयमा रहनु उचित हुनेछ। आफ्नै कारण जीवन साथीसँगको तालमेल बिग्रिन सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )
सूर्य उत्तरायणले सबै भन्दा सिंह राशिलाई लाभ मिल्न सक्ने देखिन्छ। उत्तम लाभ प्राप्त हुन सक्ला भने राजनीतिक साथै सामाजिक रुपमा भरपुर लाभ पनि मिल्ने देखिन्छ। व्यक्तित्व सुधार हुनेछ र स्वास्थ्यको लागि समय राम्रो हुनेछ। सोचेको कार्य सफल हुन सक्ला। दूरदर्शी सोचको कारण लाभ पक्कै मिल्नेछ। तर आर्थिक मामलामा भने केहि असहजता रहन सक्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सूर्य उत्तरायणको कारण कन्या राशि हुनेहरुलाई अध्ययनको क्षेत्रमा असहज स्थितिको शिर्जना हुनेछ। खेलाडीहरुको लागि पनि समय खासै उचित रहने छैन। भयले सताउन सक्ला। प्रेमीसँगको सम्बन्ध पनि कम्जोर हुने देखिन्छ। तर फसेको पैसा उठ्नाले भने केहि राहत दिनेछ। धार्मिक कार्यमा रुची बढ्नेछ भने धार्मिक यात्रा पनि हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सूर्य उत्तरायण हुँदा तुला राशि हुनेहरुलाई मानसिक तनाव मिल्नेछ। निर्धारित कार्य समयमा सम्पन्न नहुनाले लज्जित हुनुपर्ने अवस्था पनि आउन सक्ला। रोजगार सम्बन्धी समस्या पैदा हुनेछ भने आर्थिक रुपमा पनि समय खासै राम्रो बित्ने देखिँदैन। सामाजिक अपहेलनाको सामना गर्नु पर्ने अवस्था पनि आउन सक्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सूर्य उत्तरायण हुँदा वृश्चिक राशि हुनेहरुलाई नयाँ अवसर प्राप्त हुनेछ। परिश्रम अनुसारको फल मिल्नाले आनन्द मिल्न सक्ला। पारिवारिक सम्बन्धले पनि तपाइलाई अनुकूलता प्रदान गर्नेछ। पैत्रिक सम्पतिको मामलामा पनि लाभ मिल्न सक्ला। सार्वजनिक जीवनमा प्रतिष्ठा बढेर जानेछ। नयाँ ठाउँमा यात्राको अवसर पनि मिल्न सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )
सूर्य उत्तरायणको कारण धनु राशि हुनेहरुलाई दुख मिल्न सक्ला। जीवनमा दुख माथि दुख थपिनाले निराशा छाउनेछ। अर्थ निवेशको क्रममा धेरै संयम रहनु पर्ला। दैनिकीमा सफलता पाउनको लागि आलस्यता त्याग्नु पर्ने देखिन्छ। यस्तै कुनै पनि कार्य सम्पन्न गर्नको लागि चाहिने भन्दा धेरैनै मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारमा आफन्तको आगमनले भने केहि उत्साह जगाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सूर्य उत्तरायण भएको कारण अहंकार बढ्नेछ। अहंकार बढ्नाले आलोचित हुनु पर्ने अवस्था आउनेछ। खर्चमा वृद्धि हुनाले आर्थिक समस्या निम्तिन सक्ला। पद, प्रतिष्ठा जोगाउन आफ्नो व्यवहारमा नियन्त्रण आवश्यक हुनेछ। सरकारी तवरबाट व्यवसायमा रुकावट हुनेछ। अध्ययनमा पनि केहि असहजता हुन सक्ला। प्रेम जीवनमा भने सफलता मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सूर्य उत्तरायणसँगै कुम्भ राशी हुनेहरुलाई मध्यम फल मिल्न सक्ला। पारिवारिक मात्र नभई प्रेम सम्बन्ध बलियो भएर जानेछ। सन्तानको कारण भने चिन्ता बढ्नेछ। आर्थिक रुपमा समय अनुकुल हुने भएता पनि खर्च बढ्नेछ। बिना कारण मन चिन्तित हुनेछ। प्रतिष्पर्धामा विजय हाँसिल हुन सक्ला। टाढाको यात्राको सम्भावना हुने भएता पनि यात्रा लाभदायक भने हुनेछैन।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सूर्य उत्तरायण हुँदा मीन राशि हुनेहरुलाई लाभै-लाभ मिल्नेछ। सामाजिक रुपमा दायित्व बढ्न सक्ला भने सम्मान पनि प्राप्त हुनेछ। धर्म प्रति आस्था बढ्नेछ। जीवनसाथीसँगको सम्बन्ध धेरै सुखद हुने देखिन्छ भने प्रेम सम्बन्ध पनि आउन सक्ला। भाग्य चम्कने सक्ने सम्भावना रहने हुँदा जीवनमा आमूल परिवर्तन हुनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij