मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बर र बधुको चिना मिल्छ कि मिल्दैन ज्योतिषशास्त्रमा कसरी व्याख्या गरेको छ ?

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • माघ १ गते देखि असार मसान्त सम्मलाई सूर्य उत्तरायन भनिन्छ र साउन १ देखि पौष मसान्त सम्मलाई सूर्य दक्षिणायन भनिन्छ । सूर्य उत्तारयण भएको ६ महिना मध्य चैत्र वाहेक ५ महिना र मंसिर १ महिना समेत ६ महिनाको विचमा उपयुक्त लगनकुन कुन महिनामा विवाह गर्ने सकिन्छ ? वा साइटमा विवाह गर्ने सकिन्छ । मंसिर महिना राम सिताको विवाह भएको हुँदा यस महिनामा विवाह गर्ने प्रचलन छ ।

    विवाहको लागि बर र बधुको चिना मिलाउनु जरुरी छ ? चिना मिलेन भने के हुन्छ ?

    पहिले पहिले मागी विवाह गर्ने चलन थियो । जुन प्रचलन अनुशार केटा पक्षले केटीको चिना माग्ने र ज्योतिष कहाँ लागि दुई जनाको चिना माग्ने र ज्योतिष कहाँ लगि दुइृ जनाको चिना मिल्छ, मिल्दैन भिराई मिल्छ भने मात्र विवाह गर्ने चलन थियो । त्यति बेला गर्ने विवाह कालान्तर सम्म टिक्छ भन्ने चलन थयो । तर अहिले प्रेम विवाह गर्ने चलन छ । यस विवाहमा चिना मिलाउनु पहिले नै प्रेम भइ सक्ने हुँदा चिना चिना मिलाउन अप्ठ्यारो हुने हुँदा प्रायले साइट मात्र जुराउने चलन छ । यसरी चिना नमिलेको विवाहमा कुनै न कुनै कुरामा अप्ठ्यारो परि नै रहेको हुन्छ ।

    बर र बधुको चिना मिल्छ कि मिल्दैन ज्योतिषशास्त्रमा कसरी व्याख्या गरेको छ ?

    केटा र केटीको चिना हेर्दा सर्वप्रथम माङ्गलिक दोष छ छैन हेर्नु पर्छ । माङ्गलिक दोष दुवैको नभए मा राम्रो मानिन्छ । यदि दुवैको माङ्गलिक दोष भएमा पनि विवाहको लागि उपयुक्त मानिन्छ । दुइृ मध्य एकको माङ्गलिक दोष छ भने त्यस्तो व्यक्तिहरु विच विवाह गर्ने बर्जित गरेको छ । यस वाहेक दुवैको लग्न कुण्डली हेर्ने पनि उतिकै आवश्यक छ । लग्न कुण्डली राम्रो छ भने जीवन पर्यान्त राम्रो हुन्छ र छैन भने असफल हुन सकिन्छ ।

    केटा र केटीको विच चिनामा कति गुण छ भन्ने पनि चलन छ ?

    हो, चिना मिलाउँदा कति गुण छ भन्ने प्राचिन प्रचलन छ । यस प्रचलन अनुशार केटा र केटीको राशि , नक्षत्र हेरिन्छ । जन्म नक्षत्र अनुशार वर्णको १, बत्स्यको २, ताराको ३, योनीको ४, ग्रह मैत्री ५, गणको ६, राशीको ७ र नाडीको ८ गरि जम्मा ३६ गुण हुन्छ । ३६ मध्य १८ गुण आएमा विवाह गर्ने सकिन्छ । कम भ्उमा विवाहको लागि त्यति उपयुक्त हुँदैंन । जति धेरै गुण मिल्यो त्यति नै राम्रो मानिन्छ ।

    केटा र केटीको कति गुण छ भनेर आफै पनि थाहा पाउन सकिन्छ ?

    सकिन्छ, केटा र केटी दुवैले आफ्नो राशी र नक्षत्र चिना हेरे थाहा पाउन सकिन्छ । पात्रोवाट आफुहरुको कति गुण रहेछ थाहा पाउन सकिन्छ । पात्रोको शुरुका पानाहरु तिर बरबधु, मेलापक, सारीनी भनेर एउटा अंक मेलापन दिएको हुन्छ । जसमा बरको नक्षत्र प्राय ठाडो र बधुको तेर्सा लेखेको हुन्छ । दुई जनाको नक्षत्र जानेर त्यस त्यस नक्षत्रको ठाडो र तेर्सा मिलाउँदा जति अक आउँछ उनिहरुको त्यति नै गुण हुन्छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij