प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५
काठमाडौं । आजकलका युवायुवतीहरू प्रेम नगरी बस्न सक्दैनन्। छिट्टै प्रेम गर्ने अनि बिहा पनि गरिहाल्ने र डिभोर्स पनि भइहाल्ने चलन व्यापक भएको छ। बैंसमा होश पु-याउनु जरूरी हुन्छ। यसका लागि केही उपाय अपनाउनुपर्ने हुन्छ र पुरुषले नै यसमा ठूलो भूमिका निर्वाह गर्नुपर्छ।
तपाईंले प्रेमिकाका लागि सुरक्षित वातावरण निर्माण गर्नुपर्छ । उनले तपाईंमाथि विश्वास गर्न र आफ्ना कुरा नडराई राख्न सक्नुपर्छ । उनले बोल्दा बीचैमा कुरा काट्नु ठीक हुन्न । झगडै प-यो भने पनि जथाभावी बोल्नुहुँदैन। धम्की दिनु हुँदैन । बरू अलि टाढा जाने अनि लामो सास लिएर शान्त हुने कोशिश गर्नुपर्छ।
आफ्ना भावनालाई तथ्यबाट छुट्याएर हेर्नुपर्छ । कतै मैले उनीप्रति गरेको व्यवहार गलत त छैन भनी तपाईंले आत्मनिरीक्षण गर्नुपर्छ । यसो गर्दा बल्ल तपाईंले प्रेमिकालाई बुझ्न सक्नुहुन्छ अनि द्वन्द्व रोक्नुहुन्छ।
करुणाको भावना विकास गर्नुपर्छ । एक अर्कालाई यस्तो र उस्तो भन्नु ठीक हुन्न। बरू आफूलाई खुल्ला राख्नुपर्छ। प्रेमिकालाई उचित आदर दिनुपर्छ। करुणापूर्वक प्रेमिकासँग व्यवहार गर्दा उनी आफ्नी हुन्छिन्।
प्रेमिका आफूभन्दा फरक छिन् भने फरकै रहन दिनुस्। कुनै पनि मान्छे पूरै अर्को मान्छे जस्तो हुन सक्दैन। फरक फरक रुचि र विचारलाई सम्मान गर्न सक्नुपर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij