मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

छोराले उपहार दिएको मोबाइलबाट लभ पारेर आमा पोइल गइन्

  • प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५



  • एजेन्सी। आमालाई दिएको उपहारले नै छोरा, छोरीलाई एक्ल्याउला भन्ने कसले पो सोचेको हुन्छ । तर यस्तै भएको छ । भारतको उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग दोस्रो बिबाह गर्न पुगिन् ।

    बेमेल उमेरको बिबाह भएपछि सबैतिर चर्चाको बिषय बन्यो । कुरा खुल्दै जाँदा उनीहरुको फोनबाट गहिरो प्रेम बसेपछि बिबाह गरेको खुल्न आएको छ । उक्त प्रेम बसाउने मोबाईल छोराले उपहार दिएको र आमाले पहिलोपटक चलाएको खुल्न आएको हो ।

    ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि आमालाई मोबाइल उपहार दिएका रहेछन् ।

    छोराले स्मार्टफोन दिएपछि ती महिलाले ह्वाट्सएप तथा फेसबुक चलाउन थालिन् । तिन महिनाभित्रैमा ती महिला फेसबुकमा एकजना युवकसँग चिनापर्ची गरिन् र अन्ततः उनीहरुबीच प्रेम भयो ।

    ५० वर्षकी ती महिला र २० वर्षका युवकबीच यति गहिरो प्रेम बस्यो कि उनीहरु अन्ततः कसैलाई थाहा नदिई सँगै भागेका छन् । गत सोमबार मोबाइल घरमै छाडेर निस्किएकी श्रीमती घर नफर्केपछि उनका पति तथा परिवारले प्रहरीमा खोजीको निवेदन दिए ।

    पछि ती महिलाको मोबाइल हेर्दा पो सबै अचम्ममा परे । मोबाइलमा उनको फेसबुक तथा ह्वाट्सएप हेर्दा उनले २० वर्षका युवकसँग प्रेम गरेर भागेको थाहा भयो ।

    ५० वर्षकी ती महिलासँग प्रेम गर्ने युवक बीबीएमा अध्ययनरत भएको बताइएको छ । ती युवक र महिलाको खोजी भैरहेको छ । तर फरार रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij