प्रकाशित मिति : शुक्रबार, माघ ४, २०७५
साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा आएका एक नेपालीले झुण्डिएर आत्माहत्या गरेका छन्। उनले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेको त्याहाँ रहेका नेपालीहरुले बताएका छन्।
साउदी अरबको जेद्धा स्थित इनिसियल साउदी ग्ररुप कम्पनीमा कार्यरत बालकुमार यादवले गत जनवरी ९ तारिखमा पासो लगाएर आत्माहत्या गरेका हुन्। विगत ३० महिनादेखि उक्त कम्पनीमा कार्यरत यादव ३ महिना पहिला मात्रै नेपाल आएर साउदी फर्किएका थिए।
महोत्तरीको शम्सि नगरपालिका ७ स्थाइ घर भएका मृतक यादवका घरमा बृद्ध बुबा, आमा, १ छोरी र गर्भवति श्रीमती छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij