मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मौसम परिवर्तन हुँदैछ, बिर्सेर पनि नगर्नुहोस् यी १० गल्ती

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक २, २०७३



  • मौसम क्रमशः परिवर्तन भइरहेको छ र जाडो मौसम सुरु हुने क्रममा छ । साधारण रुपमा यो मौसमलाई स्वस्थ मौसम मानिन्छ तर केही सावधानी नअपनाए विभिन्न प्रकारको स्वास्थ्य समस्या आउने गर्दछ । यो मौसममा हामीले नचाहेरै पनि धेरैपटक यस्ता गल्ती गर्छौं जसका कारण हामी बिरामी हुन्छौं । फिजिशियन डा. धिरज शुक्लाले १० गल्ती बारे जानकारी दिएका छन् जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

    कम पानी पिउनुः
    जाडो महिनामा धेरै प्यास लाग्दैन जसका कारण हामी कम पानी पिउँछौं । यसले निर्जलीकरण (डिहाइड्रेसन) को समस्या हुन थाल्छ । यस्तो अवस्थामा मृगौलाको रोग, रुखो छाला र कब्जियतको समस्या हुन थाल्छ ।

    धेरै चिया कफी पिउनुः
    चिसो मौसममा धेरै चिया र कफी पिउँदा शरिरमा क्याफेन र सुगरको मात्रा आवश्यकभन्दा बढि हुन्छ जुन पछि रोगको कारण बन्दछ । धेरै चिया कफीको सट्टा दूध, ग्रिन टी वा तातो पानी पिउँनु फाइदाजनक हुन्छ ।

    घाममा धेरै बेरसम्म रहनुः
    चिसो मौसममा छालालाई सुरक्षा दिने मेलानिनको मात्रा बाँकी दिनको तुलनामा कम हुन्छ । यस्तो अवस्थामा ३० मिनेटभन्दा बढि समय घाममा बिताउँदा छालामा ट्यानिङ हुनसक्छ ।

    धेरै बेरसम्म सुत्नुः
    चिसो मौसममा रात लामो र दिन छोटो हुन्छ । यस्तो अवस्थामा धेरैबेरसम्म सुत्दा शरिरको प्राकृतिक घडी खल्बलिन्छ र सुत्ने उठ्ने र तालिका बिग्रन्छ । यसले स्वास्थ्यको थुप्रै समस्या निम्त्याउँछ ।

    नाक मुख नढाकी बाहिर निस्कनुः
    स्वाइन फ्लू र डेंगुजस्ता रोगका ब्याक्टेरिया र भाइरस चिसो र ओसिलो वातावरणमा फैलिन्छ । यस्तो अवस्थामा नाक, मुख नढाकी बेलुकीपख बाहिर निस्कँदा ब्याक्टेरिया र भाइरस नाक र मुखको बाटो हुँदा पूरा शरिरभित्र पुग्छ र समस्या निम्त्याउन सक्छ ।

    न्यानो कपडा नलगाई बाहिर निस्कनुः
    चिसो मौसममा घरभित्र र बाहिरको तापक्रममा निकै भिन्नता हुन्छ । यस्तो अवस्थामा यदि कोही व्यक्तिले न्यानो कपडा बिना नै घरभन्दा बाहिर निस्कन्छ भने रुघा, खोकी, ज्वरो र निमोनियाजस्ता समस्या बढ्ने गर्दछ ।

    तात्तातो पानीले नुहाउनुः
    चिसो मौसममा मनतातो पानीले नुहाउनु फाइदाजनक मानिन्छ तर तात्तातो पानीले नुहाउँदा कपाल सेतो, रुखो र नराम्रो हुनुका साथै छाला चिलाउने, सुख्खा, रातो हुनुका साथै फुट्ने समस्या हुन्छ ।

    धेरै नै बाक्लो लुगा लगाउनुः
    चिसोका कारण हामी धेरै पटक चाहिनेभन्दा बढि न्यानो कपडा लगाउँछौं । यस्तो अवस्थामा गर्मीका कारण पसिना आउन थाल्छ र चिसो र तातो हुँदा रुघा, खोकी र ज्वरोको समस्या निम्तिन्छ ।

    हात र खुट्टालाई लामो समयसम्म छोप्नुः
    हात र खुट्टा शरिरको यस्ता हिस्सा हुन् जसले शरिरको तापक्रमलाई राम्रो अवस्थामा राख्छ । यदि हामी लामो समयसम्म हात खुट्टालाई छोपेर राख्छौं भने शरिरको तापक्रम बिग्रन्छ ।
    क्रिम र लोसनको प्रयोगः
    चिसो मौसममा रुखो छालाबाट पार पाउनका लागि आवश्यकभन्दा बढि क्रिम र लोसन लगाउँदा डण्डीफोरको समस्या हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij