मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मोटरसाइकल दुर्घटना : घाइतेलाई बचाउन खोज्दा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०७५



  • जनकपुरधाम : धनुषाको जनकपुर उपमहानगरपालिका कुवा-१२ मा करेन्ट लागेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। घटना हेरेर एकजना घाइते भएका छन्।

    मृत्यु हुनेमा सिरहाको विष्णपुरा गाउँपालिका-४ का करिब ३२ वर्षीय जगरनाथ साह र धनुषाको मिथिला विहारी नगरपालिकाका-३ का २८ वर्षीय प्रमेश्वर मण्डल रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए।

    घटना हेरेर जनकपुर उपमहानगरपालिका-४ का ४१ वर्षीय सूर्यनारायण शर्मा बेहाेस् भएका हुन्। शर्मा बेहोस् भएको घटनास्थलमा पुगेका सञ्चारकर्मी सन्तोष साहले जानकारी दिए । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    खेततिर जाने धुलाम्य सडकमा चिप्लिएर मोटरसाइकलमा सवार परमेश्वर नजिकैको बिजुलीको पोलमा उछिटिएर पुगेका थिए। घाइते भएका उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेको थियो।

    घाइते भएका उनलाई बचाउन गएका अर्को मोटरसाइलका चालक प्रमेश्वरलाई पनि करेन्ट लागेको हो। उनी त्यही बेहोस भएका थिए। उनीहरु दुवैजनाको घटनास्थलमै मृत्यु भएको थियो।

    थानीयले दिएको जानकारी अनुसार उनीहरु दुवैजना जग्गा खरिदका लागि सूर्यनारायणसँगै त्यहाँ पुगेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij