प्रकाशित मिति : आइतवार, माघ ६, २०७५
काठमाडौं । तपाईंसँग पुरानो सारी छ भने त्यसलाई फ्याँक्नुभन्दा पनि फेरि प्रयोग गर्नु उचित हुन्छ। त्यसलाई कुर्ता वा शल बनाउन सकिन्छ । पुरानो सारीलाई कसरी प्रयोग गर्न सकिन्छ जान्नुस्।
पुरानो सारीबाट तपाईं कुर्ता बनाएर तपाईं पलाजो सुटका साथ लगाउन सक्नुहुन्छ। तपाईंको जर्जेट वा शिफनको सारी हो भने त्यसको शल बनाउन सक्नुहुन्छ र कुर्तासँग लगाउन सक्नुहुन्छ। रेशमको सारी हो भने त्यसको शल तयार पारेर प्लेन सोलिड कोलरवाला कुर्ता र प्यान्टका साथ जोडी बनाएर लगाउन सक्नुहुन्छ।
तपाईंसँग बनारसी सारी छ भने बोर्डरलाई काटेर निकाल्नुस् र शिफन वा जर्जेटको सारीमा लगाउनुस्। त्यसलाई तपाईं कुशन कभर, शल वा कपडाको झोला बनाउन सक्नुहुन्छ। बोर्डरलाई तपाईं बच्चीहरूको लहंगा, कुर्ता अनि विकल्पका रूपमा पर्दाका रूपमा प्रयोग गर्न सक्नुहुन्छ।
पुराना सारीहरूको बोर्डर नयाँ सारीमा लगाएर प्रयोग गर्न सकिनेछ। तपाईंले फरक फरक दुई सारीलाई आधी आधी हिस्सा काटेर प्रयोग गर्न सक्नुहुन्छ वा दुई फरक शलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। तिनीहरूलाई सारीका रूपमा बेर्नुस्। अझ राम्रो लूकका लागि आकर्षक गहना लगाउनुहोला। एजेन्सी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij