मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आजदेखि कर्णाली प्रदेशबाट श्रम स्वीकृति

  • प्रकाशित मिति : आइतवार, माघ ६, २०७५



  • काठमाडाैं। सातवटा प्रदेशमा वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले अाइतबारदेखि कर्णाली प्रदेशको सुर्खेतबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ।

    श्रम कार्यालय ताहाचलस्थित उपलब्ध गराउँदै आएको श्रम स्वीकृति सेवालाई विकेन्द्रित गरी सहजरूपमा उपलब्ध गराउने उद्देश्यले अाइतबारदेखि सुर्खेतबाट पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो।

    शनिबार नै सबै प्राविधिक काम सकिएकोले आइतबार देखि काम सुरु गरिने वैदेशिक रोजगार विभागका कम्प्युटर ईन्जिनियर राजु श्रेष्ठले बताए।
    सरकारले प्रदेश नं २ मा श्रम तथा रोजगार कार्यालय जनकपुर, प्रदेश नं ५ को बुटवलमा श्रम कार्यालय र गण्डकी प्रदेशको पोखरा स्थित श्रम कार्यालयबाट श्रम स्वीकृति सुचारु गरिसकेको छ भने आइतबारदेखि कर्णाली प्रदेशस्थित सुर्खेतबाट श्रम स्वीकृति प्रदान गरिने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए।

    सरकारले देशका सातवटै श्रम कार्यालयबाट व्यक्तिगत तथा पुनःश्रम स्वीकृति प्रदान गर्ने बताउँदै आएपनि विस्तारै यी सबै कार्यालय बाट नै वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिने मन्त्रालयले जानकारी दिएको छ।

    प्रदेश स्थित कार्यालय बाट नै वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायतका काम सम्पादन हुने भएका छन्। अब केही दिनमै प्रदेश नं १ र सुदुरपश्चिमका श्रम कार्यालयबाट पनि श्रम स्वीकृतिको काम सुचारु हुने तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij