प्रकाशित मिति : सोमवार, माघ ७, २०७५
धेरैजसो अवस्थामा दाँतको असह्य पीडा सहन नसकेर बिरामीहरू दाँतसँगै क्रुद्ध हुन्छन् र दाँतको उपचार गराएर बचाउनेभन्दा पनि निकाल्ने निर्णय गर्न पुग्छन् । पछि दाँतको अभावमा विभिन्न अप्ठ्यारा र असहजता हुन थाल्छ अनि पछुतो मान्न पुग्छन् ।
मुख स्वास्थ्य नीति २०७० अनुसार २०१२÷२०१३ मा एक चौथाइ जनतामा मुखको पीडा र असहजता विद्यमान छ । प्रकृतिले दिएका दाँत सकेसम्म बचाउनु नै बुद्धिमानी हो । तर, यावत् प्रयासका बाबजुद दाँत गुमाउनु परेमा भने प्रतिस्थापन गर्नु झन् महत्वपूर्ण निर्णय हो ।
कृत्रिम दाँत किन राख्नुपर्छ ? खानालाई चपाउन, बिग्रेको सौन्दर्यलाई सुधार्न, अन्य दाँतलाई थप बिग्रन नदिन, बोल्न हुने अप्ठ्यारोबाट बँच्न कृत्रिम दाँतको आवश्यकता परेको हो । कृत्रिम दाँत राख्ने तरिका विभिन्न छन् । जस्तै : सबै दाँत गुमेको बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत, केही दाँत मात्र गुमेको बिरामीको इच्छाले फुकाल्न मिल्ने दाँत र केही दाँत मात्र गुमेको बिरामीको इच्छाले फुकाल्न नमिल्ने दाँत ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij