मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पेटको मोटाइले आयुमा असर

  • प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३



  • शरीरको मोटोपनले धेरै रोगलाई पनि बास दिइरहेको हुन्छ । अझ बोस्टन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थमा एन्ड्रेव स्टोक्सले एक कदम अगाडि बढेर पेटको मोटाइले मानिसको आयुमा पर्ने असरका विषयमा अनुसन्धान गरिरहेको छ । यही विषयमा कोरियाका केही वैज्ञानिकहरूले गरेको खोजबाट पनि पेटको मोटाइ जति बढी हुन्छ, सोही अनुपातमा मानिसको आयु पनि न्यून हुने निष्कर्ष निस्कने सम्भावना देखिएको छ । त्यसैले पेटको आकार कम हुनेले नबढाउने र बढी हुनेले जति सक्यो छिटो घटाउनु नै बुद्धिमानी हुन्छ ।

    मोटो शरीर भएकाको मुटुलगायत अन्य अंगलाई कार्य गर्न दबाब पर्ने हुँदा पनि शरीरलाई असर परिरहेको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भोजनमा बढी मासु, चिल्लो प्रयोग गर्नु र हिँडाइ कम गर्नु नै मोटोपनको प्रमुख कारण हुन् । शरीरलाई आवश्यकताभन्दा बढी खाने तर व्यायाम नगर्ने जीवनशैलीले मोटोपनलाई बढाउँछ । अहिले बियरसँग मासु धेरै खाने बानीले कम उमेरमै पेटको आकार बढाएको पाइन्छ । यसले नसुहाउँदो शरीर बनाउनुका साथै उच्च रक्तचाप, हृदयसम्बन्धी र मधुमेहजस्ता रोगहरू
    लाग्ने गर्छ ।

    किन बढ्छ पेट ?
    भोजनमा मैदा, गुलियो पदार्थ, अत्यधिक चिल्लो एवं तेलको प्रयोग गर्नाले मोटोपन बढाउँछ । त्यस्तै, दैनिक लामो समयसम्म कम्प्युटर चलाउने तथा शारीरिक श्रम हुने काम नगर्दा पनि मोटाउन मद्दत गर्छ । कम हिँडाइ, नियमित व्यायाम नगर्नाले शरीरमा अनावश्यक बोसो जम्मा हुन थाल्छ । केही प्रतिशत मोटोपन बढ्नुमा वंशाणुगत कारण पनि हुन सक्छ ।

    पेट बढ्न नदिन
    शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीले मोटोपन हुन्छ । त्यसैले अनावश्यक क्यालोरीलाई घटाउनु नै यसको उत्तम उपाय हो । यसका लािग शरीरको क्षमता र रोगअनुसार नियमित मर्निङवाक गर्नु अत्यन्त लाभप्रद हुन्छ । रेसायुक्त खानेकुराको बढी प्रयोगले पनि तौललाई सन्तुलित बनाउँछ । यसका साथै पर्याप्त मात्रामा पानी पिउने, एरोबिक्स, योग, साउना, स्टिम बाथले तौल घटाउँछ ।

    युवतीहरू सुन्दर देखिने होडमा खानेकुरा कम खाइ डाइटिङ गर्ने गर्छन् । कम खानु स्वास्थका दृष्टिले राम्रो हो, तर सुन्दर देखिने चाहनामा चाहिनेभन्दा पनि कम क्यालोरी शरीरले पाउ“दा स्वास्थ्यलाई असर गर्छ ।

    मोटोपनबाट हुन सक्ने रोगहरू
    उच्च रक्तचाप, हृदयरोग, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोग, मिर्गौलाको समस्या, ढाड र घुँडा दुख्ने समस्या मोटोपनले धेरैजसो महिलालाई गर्भधारणको वेलामा समस्या हुने पाइएको छ । नेपालमा सुत्केरी भएपश्चात् तागत होस् भनेर धेरै खानेकुरा, तैलीय पदार्थ भएका खाना तथा मासु खुवाउने चलन छ । तर, यसले शरीरमा तागतभन्दा पनि मोटोपन बढाउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij