मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भाइरल ज्वरोको प्रकोपबाट प्रचण्ड परिवार नै प्रभावित

  • प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५



  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनको परिवारनै भाइरल ज्वरोबाट प्रभावित भएको छ ।

    केही दिन अघिबाट भाइरल ज्वरोका कारण प्रचण्ड नातिनि स्मिता दाहाल, दुई नातिहरु प्रसिद्ध दाहाल र प्रणव दाहाललाई ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

    तर, उनीहरुको सामान्य उपचारपछि सोमबार साँझ अस्पतालले डिस्चार्ज गरेको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले रातोपाटीलाई बताइन् ।

    उनीहरु डिस्चार्ज भएपनि अहिले अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोबाट प्रभावित भएका छन् । प्रचण्डलाई सामान्य ज्वरो र रुघाखोकीका कारण उनले घरमै आराम गरिरहेको स्वकिय सचिव दाहालले बताइन् । ‘बुबालाई पनि सामान्य ज्वरो, रुघाखोकीका कारण घरमै आराम गरिरहनु भएको छ,’ उनले भने ।

    डाक्टरहरुले प्रचण्डलाई केही दिन आराम गर्न र भेटघाट बन्द गर्न सुझाव दिएका छन् ।

    त्यस्तै प्रचण्ड बुहारी समेत रहेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर पनि भाइरल ज्वरोबाट प्रभावित भएपछि अस्पताल भर्ना भएकी छन् । उनको पनि सुमेरु अस्पतालमै उपचार भैरहेको दाहालले बताइन् । अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाहालले बताइन् ।

    अस्पताल स्रोतका अनुसार बिनालाई हिजो बेलुका भर्ना गरिएको हो । उनलाई क्याबिनमा राखेर डाक्टरको विशेष निगरानीमा उपचार भइरहेको छ ।

    उनी आजै डिस्चार्ज हुने सम्भावना रहेको छ ।

    केही दिन अघि प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना भएकि थिइन् । उनको अहिलेपनि उपचार भैरहेको छ । दाहालको उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुको बताएका छन् ।

    भाइरल ज्वरोका कारण प्रचण्डका एक सहयोगी पनि बिरामी भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij